‘प्रधानमन्त्रीज्यू ! आफूविरुद्ध नारा लगाएका युवालाई रिहाइ गर्नुस्’ : महामन्त्री शर्मा – Naya Bikalpa
March 28, 2024, Thursday

‘प्रधानमन्त्रीज्यू ! आफूविरुद्ध नारा लगाएका युवालाई रिहाइ गर्नुस्’ : महामन्त्री शर्मा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीविरुद्ध नारा लगाउने युवाको रिहाइको माग गरेका छन् ।

शर्माले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीको विरोध गर्दै नारा लगाउने युवाको मुख थुनेर मुद्दा चलाइनु आपत्तिजनक भएको बताउँदै उनीहरुको रिहाईको लागि पहल गर्न माग गरेका छन् ।

लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन ! प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो ! सम्माननिय प्रधानमन्त्रीज्यू ! आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न र गराउन अविलम्ब पहलको माग गर्दछु ! उनले सामाजिक सञ्जालमा लेखका छन् ।

प्रधानमन्त्री दाहाल उपस्थित एक कार्यक्रममा उनीबिरुद्ध नारा लगाउने तीन युवालाई जिल्ला प्रशासन कार्यालय काठमाडौले ५ हजार रुपैयाँ धरौटी राखेर रिहा हुन आदेश दिएको थियो। तर, उनीहरुले माग गरिएको धर्राैटी नबुझाएपछि थुनामा पठाइएको थियो।

सम्बन्धित समाचार

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७९ चैत्र १४, १३: १६

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...

उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
  • २०७९ चैत्र १४, १३: १६

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ ।...

एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
  • २०७९ चैत्र १४, १३: १६

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर...