फोरमद्वारा राष्ट्रपतिलाई अध्यादेश नरोक्न आग्रह – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

फोरमद्वारा राष्ट्रपतिलाई अध्यादेश नरोक्न आग्रह

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सम्वन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् । राष्ट्रपतिले आइतबार फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग छलफल गरेकी हुन् । शीतल निवासमा भएको भेटमा फोरम नेताहरुले भने अध्यादेश नरोक्न सुझाव दिएका छन् ।

जति दिन अध्यादेश रोक्यो, त्यति नै शेरबहादुर देउवा सरकारको आयु लम्बिनु हो’ । राष्ट्रपति भण्डारीले चुनाव प्रणालीबारे दलहरुबीच विवाद देखिएको भन्दै फोरमको धारणा मागेकी छन् ।

जवाफमा फोरम नेताहरुले भने कांग्रेस र एमालेले नाफाघाटा हेर्दा यो अवस्था आएको बताएका छन् । ‘बहुमतीयमा जाने हो भने हामीले चार सिट जित्छौं तर, यो बहस राष्ट्रियसभाको कम्पोजिसन कस्तो बनाउने भन्ने हो’ । हामीलाई २÷३ सिट मात्र होस् तर देशलाई फाइदा हुुनुपर्छ ।’

संघीय फोरमले सरकारले प्रस्ताव गरेको एकल संक्रमणीय मत प्रणालीको समर्थन गरेको छ । एकल संक्रमणीय मत प्रणालीलाई त संविधानले चिन्दैन भन्ने तर्क पनि आएको थियो । तर, फोरम नेताहरुले एकल संक्रमणीय पनि समानुपातिक प्रणाली भएको भन्दै सरकारले अघि सारेको अध्यादेशको समर्थन गरेका छन् ।

आफूहरुले राष्ट्रिय सभाको चुनाव गरेपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने र सरकार गठनको बाटो खुल्ने प्रष्ट मत राखेको फोरम सअध्यक्ष श्रेष्ठले बताए ।
भन्छन्, ‘संसारकै उत्कृष्ट संविधान बनायौं भन्ने कांग्रेस र एमालेले विवाद गर्नु नै हुँदैनथ्यो । अब तुरुन्त अध्यादेश जारी गर्नुपर्छ र राष्ट्रियसभाको चुनाव गरेर मात्र समानुपातिकको सांसद छानेर प्रतिनिधिसभालाई पूर्णता दिन सकिन्छ ।’

सम्बन्धित समाचार

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
  • २०७४ पुष ९, १०: ३६

काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...

एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
  • २०७४ पुष ९, १०: ३६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित एनपीएलको नयाँ संस्करण आजदेखि...

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७४ पुष ९, १०: ३६

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...