काठमाडौं । संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सम्वन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् । राष्ट्रपतिले आइतबार फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग छलफल गरेकी हुन् । शीतल निवासमा भएको भेटमा फोरम नेताहरुले भने अध्यादेश नरोक्न सुझाव दिएका छन् ।
जति दिन अध्यादेश रोक्यो, त्यति नै शेरबहादुर देउवा सरकारको आयु लम्बिनु हो’ । राष्ट्रपति भण्डारीले चुनाव प्रणालीबारे दलहरुबीच विवाद देखिएको भन्दै फोरमको धारणा मागेकी छन् ।
जवाफमा फोरम नेताहरुले भने कांग्रेस र एमालेले नाफाघाटा हेर्दा यो अवस्था आएको बताएका छन् । ‘बहुमतीयमा जाने हो भने हामीले चार सिट जित्छौं तर, यो बहस राष्ट्रियसभाको कम्पोजिसन कस्तो बनाउने भन्ने हो’ । हामीलाई २÷३ सिट मात्र होस् तर देशलाई फाइदा हुुनुपर्छ ।’
संघीय फोरमले सरकारले प्रस्ताव गरेको एकल संक्रमणीय मत प्रणालीको समर्थन गरेको छ । एकल संक्रमणीय मत प्रणालीलाई त संविधानले चिन्दैन भन्ने तर्क पनि आएको थियो । तर, फोरम नेताहरुले एकल संक्रमणीय पनि समानुपातिक प्रणाली भएको भन्दै सरकारले अघि सारेको अध्यादेशको समर्थन गरेका छन् ।
आफूहरुले राष्ट्रिय सभाको चुनाव गरेपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने र सरकार गठनको बाटो खुल्ने प्रष्ट मत राखेको फोरम सअध्यक्ष श्रेष्ठले बताए ।
भन्छन्, ‘संसारकै उत्कृष्ट संविधान बनायौं भन्ने कांग्रेस र एमालेले विवाद गर्नु नै हुँदैनथ्यो । अब तुरुन्त अध्यादेश जारी गर्नुपर्छ र राष्ट्रियसभाको चुनाव गरेर मात्र समानुपातिकको सांसद छानेर प्रतिनिधिसभालाई पूर्णता दिन सकिन्छ ।’
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...