थप १०६ जनामा कोरोना पुष्टि – Naya Bikalpa
March 28, 2024, Thursday

थप १०६ जनामा कोरोना पुष्टि


काठमाडौं । आज थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बिहीबार १ हजार ४८८ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ५४१ जनाको नमुना परक्षण गर्दा ६४ र एन्टिजेन विधिबाट ९४७ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै देशभर कोरोनाका संक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ।

गत २४ घण्टामा संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन। यसअघि मंगलबार र बुधबार लगातार १/१ जनाको मृत्यु भएको थियो।

त्यसैगरी वितेको २४ घण्टामा ७४ जना कोरोनामुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसलाप्रति डा.केसीको आशंका
बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसलाप्रति डा.केसीको आशंका
  • २०७९ चैत्र ३०, १६: ५२

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजबारे सर्वोच्च अदालतको सोमबारको फैसलाप्रति आशंका गरेका छन्...

८.५२ प्रतिशतले दादुरा–रुबेला खोप पाउन सकेनन्
८.५२ प्रतिशतले दादुरा–रुबेला खोप पाउन सकेनन्
  • २०७९ चैत्र ३०, १६: ५२

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेला खोप अभियानमा ८.५२ प्रतिशतले खोप पाउन सकेका छैनन् । फागुन १३ देखि चैत ७...

निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित
  • २०७९ चैत्र ३०, १६: ५२

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा...