‘बुलाकी’ को प्रदर्शन रोकिने – Naya Bikalpa
June 1, 2023, Thursday

‘बुलाकी’ को प्रदर्शन रोकिने


काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले प्रदर्शन निरन्तर गर्न नसकिने जानकारी दिएका छन् ।

“बाँडफाँडमै समान व्यावहार भएन । सार्वजनिक प्रचार सामग्रीलाई बेवास्ता गर्दै हामीलाई सङ्ख्यामार्फत नै निरुत्साहित गर्ने काम भयो”, उनले भने, “दर्शकको माग बमोजिम अब प्रोजेक्टरमार्फत चलचित्र प्रदर्शन गर्नेछौँ ।” आउँदा दिनमा पनि नेपालीपन बोकेको कथालाई दर्शकसम्म ल्याउने उनको भनाइ छ ।

लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्र ‘बुलाकी’मा निर्माता विष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, लक्ष्मी गिरीलगायतले अभिनय गरेका छन् ।

चलचित्र वितरण कम्पनी एफडीका अध्यक्ष छविराज ओझाले निर्माताले चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिए। “निर्मातामार्फत आएको जानकारीलाई हामीले चलचित्र भवन सञ्चालकसम्म पु¥याइसकेका छौँ । टिकट बिक्री नभएका शो रोकिसकेका छन् । टिकट बिक्री भएका शो भने आज रोकिँदैनन”, उनले भने । अनुसार सोमबारदेखि पूर्णरूपमा सो चलचित्रको प्रदर्शन रोकिने बताइएको छ ।

सम्बन्धित समाचार

बलिउड अभिनेता अमिर खान नेपाल आए:११ दिन विपश्यना बस्ने
बलिउड अभिनेता अमिर खान नेपाल आए:११ दिन विपश्यना बस्ने
  • २०८० बैशाख ३, १४: २७

काठमाडौं । भारतका चर्चित अभिनेता आमिर खान नेपाल आइपुगेका छन्। केही बेरअघि नेपाल आइपुगेका खान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बुढानिलकण्ठतिर...

भारतीय राजदूतद्वारा सोलुखुम्वुमा ध्यान केन्द्रको शिलान्यास
भारतीय राजदूतद्वारा सोलुखुम्वुमा ध्यान केन्द्रको शिलान्यास
  • २०८० बैशाख ३, १४: २७

काठमाडौं । सोलुखुम्वु जिल्लाको महाकुलुङ गाउँपालिकास्थित ङेन्गा थेक्चोक छ्योलिङ ध्यान केन्द्र निर्माण गर्न शुक्रबार एक समारोहबीच शिलान्यास भएको छ। बुद्ध...

डा. हेमनाथ घिमिरेको “रङ्गिन कालो“ गीत संग्रह लोकार्पण
डा. हेमनाथ घिमिरेको “रङ्गिन कालो“ गीत संग्रह लोकार्पण
  • २०८० बैशाख ३, १४: २७

काठमाडौं । गीतकार डा. हेमनाथ घिमिरेद्वारा लेखिएको “रङ्गिन कालो“ गीतसङ्ग्रहको प्रा.डा. कृष्णहरि बरालले बुधबार लोकार्पण गरेका छन्। सिसार साहित्य प्रतिष्ठानले...