पाँच सय १२ किलो गाँजासहित दुईजना पक्राउ – Naya Bikalpa
March 29, 2024, Friday

पाँच सय १२ किलो गाँजासहित दुईजना पक्राउ


बागमती । मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । मकवानपुरको कैलाश गाउँपालिका–४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम रिजालको घरमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच सय ११ किलो नौ सय ग्राम गाँजासहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उत्तमको घरबाट छ बोरामा प्याक गरिएको एक सय ८४ किलो एक सय ग्राम र राधाकृष्णको घरबाट १२ बोरामा प्याक गरिएको तीन सय २७ किलो आठ सय ग्राम गरी कूल पाँच सय ११ किलो नौ सय ग्राम गाँजा बरामद गरी घरधनीलाई गिरफ्तार गरिएको हो ।

प्रहरीले उत्तमको घरबाट नगद रु ५५ हजार तीन सय ६५ पनि बरामद गरेको जनाएकाे छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

सम्बन्धित समाचार

कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य स्थगीत
कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य स्थगीत
  • २०८० बैशाख २०, १७: ५४

काठमाडौ । सोमबार सामूहिक तस्बिर खिच्ने भन्दै कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य स्थगीत भएको छ...

बलात्कार मुद्दा मिलेमतो गराउने वैताडीका वडाध्यक्ष, कर्मचारी र शिक्षक पक्राउ
बलात्कार मुद्दा मिलेमतो गराउने वैताडीका वडाध्यक्ष, कर्मचारी र शिक्षक पक्राउ
  • २०८० बैशाख २०, १७: ५४

बैतडी । बैतडी जिल्लाको सिगास गाउँपालिकामा ४ वर्ष पहिले भएको बलात्कार मुद्दा मिलोमतो गराएको आरोप लागेका तीनजनालाई प्रहरीले पक्राउ गरेको...

होलीमा जबर्जस्ती गर्ने काठमाडौंका २७७ पक्राउ परेकामध्ये १०५ जना छुटे
होलीमा जबर्जस्ती गर्ने काठमाडौंका २७७ पक्राउ परेकामध्ये १०५ जना छुटे
  • २०८० बैशाख २०, १७: ५४

काठमाडौं। फागुन पुर्णिय (होली) पर्वमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय...