शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो – Naya Bikalpa
March 28, 2024, Thursday

शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो


काठमाडौं । सोमबार नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से १६.९३ अंकले घटेर एक हजार ८ सय ३३ दशमलब ६९ विन्दुमा रोकिएको छ । आइतबार नेप्से १९ अंकले घटेको थियो ।

आज कारोबार रकम बृदि हुनसकेको छैन । आज ८२ करोड ४२ लख १७ हजार रुपयाँ बराबरको कारोबार भएको छ । हिजो ६० करोड ८१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८१ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.०५ प्रतिशतले बढेर प्रतिकित्ता ७९२ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार इष्टन हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.९९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज तीन करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सम्बन्धित समाचार

नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण
नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण
  • २०८० बैशाख २५, १५: ४३

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो...

चिनियाँ पर्यटकको पहिलो रोजाइमा बन्दीपुर
चिनियाँ पर्यटकको पहिलो रोजाइमा बन्दीपुर
  • २०८० बैशाख २५, १५: ४३

तनहुँ । बन्दीपुर चिनियाँ पर्यटकको पहिलो रोजाइमा परेकोले चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको...

बजेट अभावमा नगर अस्पतालको काम रोकियो
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
  • २०८० बैशाख २५, १५: ४३

दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य...