काठमाडौं । बस नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ । भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको जनाइएको छ । खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बस बैराड नदीमा खसेको थियो ।
मध्यप्रदेश सरकारले मृतकका परिवारलाई ४/४ लाख रुपैयाँ र गम्भीर घाइतेलाई ५०/५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको समाचार एजेन्सीले बताएका छन् ।
उक्त घटनामा १५ जनाको शव भेटिएको छ र अरु २०/२५ जना घाइते भएको मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले जानकारी दिए ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
नयाँ दिल्ली । भारतले नेपालमा जलविद्युत आयोजना र ट्रान्समिसन लाईन निर्माणदेखि विद्युत खरिद गर्ने विषयलाई बढी प्राथमिकता दिएको छ। चार...
नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच १० वटा योजनाको...