दोहोरो अंकले बढ्यो नेप्से – Naya Bikalpa
March 29, 2024, Friday

दोहोरो अंकले बढ्यो नेप्से


काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेर बन्द भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेय रु ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ बराबरको कारोबार भएका छन् ।

सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७५ दशमलव ०१ र होटल तथा पर्यटन समूहको उपसूचक ६५ दशमलव ८४ अङ्कले बढेको छ । बैंकिङ समूह तीन दशमलव ५८, विकास बैंक समूह २८ दशमलव ३९, वित्त समूह सात दशमलव ७६, जलविद्युत् समूह २४ दशमलव ५८ र लगानी समूह शून्य दशमलव ४९ अङ्कले बढेको छ ।

त्यस्तैगरी, उत्पादन तथा प्रशोधन ५८ दशमलव ५९, लघुवित्त १० दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०२, निर्जीवन बीमा २० दशमलव ६०, व्यापार दुई दशमलव ३५ र अन्य समूह तीन दशमलव ३७ अङ्कले बढेको छ ।

पिपुल पावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै छ दशमलव ४७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ६८ अङ्कले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रु ६ करोड ९६ लाख २५ हजार नौ सय १३ बराबरको तीन लाख ६५ हजार पाँच सय एक कित्ता शेयर किनबेच भएको छ ।

सम्बन्धित समाचार

एक सय ५९ खानी उत्खननका लागि अनुमति
एक सय ५९ खानी उत्खननका लागि अनुमति
  • २०८० बैशाख २६, १५: ४९

काठमाडौं। खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोज तलास गरिएका एक सय ५९ खानीलाई उत्खनन गर्नका लागि अनुमतिपत्र प्रदान गरेको...

लालीगुराँस बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान
लालीगुराँस बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान
  • २०८० बैशाख २६, १५: ४९

काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइन मागदाबी पेस गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आहवान गरेको...

भारत– नेपाल शिल्पकला महोत्सव–२०२४ ठमेलमा शुरु
भारत– नेपाल शिल्पकला महोत्सव–२०२४ ठमेलमा शुरु
  • २०८० बैशाख २६, १५: ४९

काठमाडौं। राजधानीको ठमेलस्थित छायाँ सेन्टरमा विहीबारबाट भारत–नेपाल शिल्पकला महोत्सव–२०२४ शुरु भएको छ। सो महोत्सवको विहीबार उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या...