काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानि नोक्सानी एवं राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
सिम्रौनगढ नगरपालिकाबाट देवापुरमा पोखरी ठेक्का लगाउँदा ७ वटा फर्मको ठेक्का परेकोमा सम्झौता नगरी धरौटी फिर्ता गरेको भन्ने उजुरी परेको थियो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीले सिम्रौनगढ नगरपालिकाबाट आर्थिक बर्ष २०७५/७६ मा देवापुर माछा पोखरी ठेक्कामा ७ वटा फर्मले टेन्डर फर्म भरेकोमा उक्त ठेक्काको सम्झौता नभईकन ठेक्कामा कबोल गर्ने तेस्रो, चौथो, पाँचौँ, छैठौ र सातौँ फर्मको धरौटी फिर्ता गर्न तोक आदेश गरेको, गोश्वारा भौचर सदर गरी धरौटीबापत रु. ९ लाख,२२ हजार, ५ सय सम्झौता हुनु अगाडि नै फिर्ता गरी नगरपालिकालाई निनोक्सानी पुर्याएको अख्तियारले जनाएकाे छ ।
यसैगरी उक्त नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालले पुनः देवापुर पोखरी ठेक्काको सूचना प्रकाशन गरेको र सो देवापुर पोखरी ठेक्काको लागि पुनः सूचना प्रकाशन गर्दा सार्वजनिक पोखरी संरक्षण समितिको सिफारिस तथा नगरप्रमुखको तोकआदेश समेतका आधारमा ठेक्काको सूचनामा न्यूनतम कबोल अङ्क सुरुको ठेक्काको रकमलाई कुनै पनि सिफारिस तथा निर्णयसमेतको अनदेखा गरी आफूखुसी घटाई एकल निर्णय गरी ठेक्काको न्यूनतम अङ्क पहिलेको भन्दा आफूखुसी रूपमा घटाई नगरपालिकालाई रु. ९ लाख, ९५ हजार घटी राजस्व असुल गरी राजस्व चुहावट गरेको अख्तियारले बताएको छ ।
नयाँ दिल्ली । भारतले नेपालमा जलविद्युत आयोजना र ट्रान्समिसन लाईन निर्माणदेखि विद्युत खरिद गर्ने विषयलाई बढी प्राथमिकता दिएको छ। चार...
काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै...
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशण महतले मुलुकको आर्थिक अवस्था सुधारका लागि बजेट केन्द्रीत रहेको बताएका छन् । आर्थिक पत्रकार समाज...