इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखाको नवौं अधिवेशनबाट पत्रकार धुर्व ढकाल अध्यक्षमा निर्वाचित भएका छन् ।
कार्यसमितिको उपाध्यक्ष मिकाइल आलम,उपाध्यक्ष (समावेशी)मा निशान प्रकृति थारु, सचिवमा बाबुराम कार्की, कोषाध्यक्षमा मातृका प्रसाद नेपाल र सह–सचिवमा शुभेक्षा कार्की सर्वसम्मतले निर्वाचित भएका हुन्।
नवौं अधिवेशनको बन्द सत्रले जिल्ला कार्यसमिति सर्बसम्मतले चयन गर्न केन्द्रीय प्रतिनिधि दामाेदर प्रसाद दवाडीसहित ११ जनालाई अख्तियारी दिएको थियो।
बन्दसत्रले प्रेस युनियन कोशी पदेशका प्रतिनिधि शारदा तामाङ, युनियन सुनसरीका पूर्वअध्यक्ष हर्ष सुब्बा, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, महासंघका केन्द्रीय सदस्य भिषण राई, महासंघका केन्द्रीय सदस्य इकवाल अहमद, महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे, युनियनका पूर्वकेन्द्रीय सदस्य हेमराज दाहाल, युनियन कोशी प्रदेशका अध्यक्ष मिन कुमार नवोदित, युनियन कोशी प्रदेशका महासचिव सञ्जिव वाग्ले र युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई सर्वसम्मतले जिल्ला कार्यसमिति चयन गर्न अख्तियारी दिएको थियो ।
अधिवेसनबाट महिला सदस्यमा सबिना पोखरेल, सरस्वती थारु, मेनुका डुम्जन, श्वेता सरदार थारु, अस्मिता चौधरी (आदिवासी जनजाति) सर्बसम्मतले चयन भएका छन् भने सदस्यमा मधेशी तर्फ नसिम अन्सारी र अल्पसंख्यक बाट मुनाफ हसन रहेका छन् ।
त्यसैगरी, खुल्ला सदस्यहरुमा मनोज दाहाल, बिरेन्द्र शाह, सुविन विश्वकर्मा, पारस राई, संगम बिष्ट, पिएमणि भट्टराई, रोहित राई,रञ्जित सरदार, लक्ष्मण थापा र रबिन राउत रहेका छन्।
शनिबार यहाँ आयोजित युनियनको नवौं सुनसरी जिल्ला अधिवेशनको उद्घाटन सत्रका सभापत्तित्व पवन अधिकारीले गरेका थिए भने उक्त उद्घाटन सत्रको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रहेका थिए।
उद्घाटन कार्यक्रमको विशिष्ट अतिथिको रुपमा राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, पार्टीका केन्द्रीय सदस्य राजिप ढुंगाना, प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिवप्रसाद लम्साल, पूर्वअध्यक्ष बद्री सिग्देल, पूर्वबरिष्ठ उपाध्यक्ष दामोदर प्रसाद दवाडी, पूर्वउपाध्यक्ष अनिता विन्दुलगायतले धारणा राखेका थिए।
नयाँ विकल्प साप्ताहिकबाट
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
नयाँ दिल्ली । भारतले नेपालमा जलविद्युत आयोजना र ट्रान्समिसन लाईन निर्माणदेखि विद्युत खरिद गर्ने विषयलाई बढी प्राथमिकता दिएको छ। चार...
नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच १० वटा योजनाको...