दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई विमानस्थलमा स्वागत – Naya Bikalpa
April 16, 2024, Tuesday

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई विमानस्थलमा स्वागत


काठमाडौं । दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई विमानस्थलमा स्वागत गरिएकाे छ । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको हाे । लुक्लाबाट काठमाडौँ आएका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायी साथै मगर समूदायले झाँकीसहित स्वागत गरेकाे छ ।

भूतपूर्व गोर्खा सैनिक समेत रहेएका बुढा जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । योसँगै उनी घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन् । उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन् । स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाएको भन्दै बधाइ दिए ।

“हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएकोछ”, मन्त्री किरातीले भने, उनले भने विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।”

सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टीमलाई विशेष धन्यवाद दिए । “आफ्नो व्यस्त समयका बाबजुत पनि तपाईंहरु मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु”, उनले भने, “आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पु¥याउने टीम बिना मेरो प्रयास सफल हुने थिएन ।” उनले सो अवसरमा नेपाल सरकार र संसारका विभिन्न कुनाबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

सम्बन्धित समाचार

सुदूरपश्चिममा सोडारी नै मुख्यमन्त्री बन्ने
सुदूरपश्चिममा सोडारी नै मुख्यमन्त्री बन्ने
  • २०८० जेष्ठ ९, १३: ४०

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी नेता दीर्घ सोडारी नै मुख्यमन्त्री बन्ने भएका छन् । केन्द्रमा सत्ता गठबन्धनमा देखिएको खटपट...

कांग्रेसको अवरोध कायमै, मधेश प्रदेश सभामा झडप
कांग्रेसको अवरोध कायमै, मधेश प्रदेश सभामा झडप
  • २०८० जेष्ठ ९, १३: ४०

काठमाडौं । मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक विश्वासको मत लिने प्रयास असफल भएको छ । प्रतिपक्षी दल नेपाली...

गृहमन्त्री लामिछाने भन्छन् – सहकारीबाट पैसा लिएको छैन
गृहमन्त्री लामिछाने भन्छन् – सहकारीबाट पैसा लिएको छैन
  • २०८० जेष्ठ ९, १३: ४०

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले बुटवलको सुप्रिम सहकारीबाट पैसा नलिएको स्पष्टीकरण दिएका छन्। लामिछाने शक्तिमा रहेका कारण उन्मुक्ति...