चीनबाट ६ अर्बको हतियार खरिदका लागि नेपाली सेनाले खोल्यो एलसी – Naya Bikalpa
June 1, 2023, Thursday

चीनबाट ६ अर्बको हतियार खरिदका लागि नेपाली सेनाले खोल्यो एलसी

काठमाडौं । नेपाली सेनाले धेरै विवादकाबीच चीनको सरकार अधीनस्थ एउटा कम्पनीबाट हतियार किन्ने निश्चित भएको छ।

त्यसका लागि नेपाली सेनाले ६ अर्ब नेपाली रुपैयाँ बराबरको प्रतीतपत्र (एलसी) खोलेको छ। सेनाले खरिद गर्न लागेका कम्पनीका हतियारहरु भने विश्वव्यापी रुपमा विवादास्पद र कमसल भनेर प्रमाणित भइसकेको छ।

सेनाले चीनको नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को)सँग हतियार किन्नको लागि प्रतीतपत्र खुला गरिसकेको हो। अघिल्लो सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा चीनबाट हतियार खरिदका लागि प्रक्रिया अघि बढेको थियो। तर, प्रक्रिया टुंगोमा पुग्नै नपाई सरकार परिवार्तन भएको थियो।

सेनाले नोरिन्कोबाट २६ वटा आर्मड पर्सनल क्यारियर (एपीसी), ९४ वटा ट्याक्टिकल भेहिकल र १२.७ एमएमका बुलेटहरु खरिद गर्न लागेको हो। यसका लागि सेनाले कल्याणकारी कोषबाट भुक्तानी गर्ने तयारी गरेको छ।

सेनाले भारतको महिन कम्पनीबाट पनि चारवटा एपीसी खरिद गर्ने भएको छ। चिनियाँ एपीसीको मूल्य एउटाको ७ करोड ७५ लाख रुपैयाँ पर्नेछ, जबकि भारतबाट ल्याइने एपीसी एउटाको करिब ४ करोड रुपैयाँ पर्ने स्रोतको दाबी छ।

महँगो मूल्यमा किन्न लागिएको चिनियाँ एपीसीको गुणस्तर भने कमजोर छ। सन् २०१९ को सेप्टेम्बरमा सोमाली आतंककारीहरूको आक्रमणमा पाँच केन्याली सुरक्षाकर्मीको मृत्यु भएपछि चीनबाट खरिद गरिएका एपीसीहरू उपयुक्त नभएको भनी छानबिन पनि भएको थियो।

विगत एक दशकभन्दा बढी समयदेखि केन्याका सैनिकहरू अफ्रिकी संघका सेनाहरूसँगसँगै सोमाली आतंकवादी समूह अल–शबाबसँग लडिहेका छन्। उनीहरूले प्रयोग गरिरहेको नोरिन्कोले उत्पादन गरेको एपीसी कमसल भएकै कारण ज्यान गएको छानबिनको निष्कर्ष थियो।

केन्याले बेइजिङबाट ३० थान नोरिन्को भीएन फोर एपीसी खरिद गरेको थियो । छानबिन गरेका विशेषज्ञहरूले चिनियाँ एपीसीहरू अयोग्य रहेको प्रतिवेदन दिएका थिए। अहिले सेनाले त्यही कम्पनीको एपीसी प्रतिस्पर्धाविनै जीटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो।

सेनाले चीनसँग नै हतियार खोज्नुको कारण भने कमिसनको चलखेल रहेको स्रोतको दाबी छ।। चीनबाट हतियार ल्याउनका लागि बिचौलियाको भूमिकामा कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका भाइसमेत रहेका लोकेन्द्र कार्कीको भूमिका छ। उनी यसअघि नोरिन्कोको नेपाली एजेन्टलाई विस्थापित गरी यो खरिद प्रक्रियामा सहभागी भएका हुन्।

खड्काले सामाजिक सञ्जालमा पोष्ट गर्दै ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिदसम्बन्धी कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहन्छु ।’ सेनाले पनि हतियार खरिदबारे अनभिज्ञता जनाउँदै आएको छ।

सम्बन्धित समाचार

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
  • २०८० जेष्ठ ११, १८: ३४

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
  • २०८० जेष्ठ ११, १८: ३४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...

राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
  • २०८० जेष्ठ ११, १८: ३४

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...