‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा – Naya Bikalpa
March 29, 2024, Friday

‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा


काठमाडौं । सरकारले कृषकहरूका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ ।

कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रम ल्याइएको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताए ।

उत्पादन साथमा, अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उनले बताए ।
बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइनेछ ।

यसबमोजिम अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । यसबाट कृषिमा प्रदान गरिँदै आएको अनुदान सदुपयोग नभएको भन्ने आम गुनासो सम्बोधन हुने र वास्तविक किसान लाभान्वित भई कृषि उत्पादन बढाउन सघाउ पुग्ने सरकारको अपेक्षा छ ।

प्रदेश तथा स्थानीय तहले समेत उत्पादनमा आधारित कृषि अनुदान प्रणाली अबलम्बन गर्नसक्ने अर्थमन्त्री डा महतले बताए ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

सम्बन्धित समाचार

आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेशको शतक
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेशको शतक
  • २०८० जेष्ठ १५, १७: १९

काठमाडौं । पहिलो टी–२० क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको...

सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्नेः मन्त्री अधिकारी
सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्नेः मन्त्री अधिकारी
  • २०८० जेष्ठ १५, १७: १९

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्ने बताएका छन्...

एक सय ५९ खानी उत्खननका लागि अनुमति
एक सय ५९ खानी उत्खननका लागि अनुमति
  • २०८० जेष्ठ १५, १७: १९

काठमाडौं। खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोज तलास गरिएका एक सय ५९ खानीलाई उत्खनन गर्नका लागि अनुमतिपत्र प्रदान गरेको...