सिन्धुलीमा सर्पको टोकाइबाट दाजु-भाइको मृत्यु – Naya Bikalpa
March 29, 2024, Friday

सिन्धुलीमा सर्पको टोकाइबाट दाजु-भाइको मृत्यु


सिन्धुली । सर्पको टोकाइबाट एकै घरका दाजु-भाइको मृत्यु भएकाे छ । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले टाेकेर एकै परिवारका दुई बालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा स्थानीय १२ वर्षीय ग्रिस पहाडी र उनका भाइ ७ वर्षीय ग्रिस्म पहाडी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

आमा गंगा पहाडीसँगै घरमा सुतिरहेका उनीहरुलाई आज बिहान सर्पले टाेकेकाे थियो । बिहान करिब ३ बजे कान्छो छोरा छटपटाएपछि गंगा व्युँझिएकी थिइन् । त्यसपछि छोराहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको थियो । चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएकाे छ । मृतक ग्रिसको बायाँ हातको साहिँली औंलामा र ग्रिस्मको बायाँ खुट्टाको बुढी औंलाको बिच भागमा सर्पले टाेकेकाे निलडाम रहेकाे प्रहरीले बताएकाे छ ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशः पशुपति क्षेत्रमा गाडी चल्न,शव गाड्न वैकल्पिक ठाउँ खोज्नुपर्ने
सर्वोच्चको आदेशः पशुपति क्षेत्रमा गाडी चल्न,शव गाड्न वैकल्पिक ठाउँ खोज्नुपर्ने
  • २०८० जेष्ठ १६, १२: ५०

  काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।...

राजनीतिक संकट समाधान गर्न एमाले–कांग्रेस मिलेर जानुको विकल्प छैनः डा.शेखर
राजनीतिक संकट समाधान गर्न एमाले–कांग्रेस मिलेर जानुको विकल्प छैनः डा.शेखर
  • २०८० जेष्ठ १६, १२: ५०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा राजनीतिक संकटहरु देखिन थालेको भन्दै त्यसको समाधान गर्न संसद्का दुई ठूला र...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
  • २०८० जेष्ठ १६, १२: ५०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दबाब बढ्दै गएको बताएका छन् । नेपाल निर्माण...