उपसचिव यादवविरुद्ध साढे चार करोडको भ्रष्टाचार मुद्दा – Naya Bikalpa
March 29, 2024, Friday

उपसचिव यादवविरुद्ध साढे चार करोडको भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेद्धारा भ्रष्टाचार गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षकविरुद्ध झण्डै साढे चार करोड बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

मङ्गलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ निरीक्षक शशी भुषण कुमार यादवविरुद्ध चार करोड ४७ लाख ३४ हजार २१२ रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालले यादव सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ जेठ ८ गतेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सात करोड २४ लाख ५६ हजार २६३ रुपियाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको बताए ।

दाहालका अनुसार यादवले सेवा अवधिमा समग्र आयव्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ निज र निजको एकासङ्गोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, बीमाको प्रिमियम भुक्तानी, शेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋण–सापटीको साँवाव्याज भुक्तानी, पारिवारिक घर खर्च, विभिन्न शीर्षकमा राजस्व–कर तिरेको र बैंक मौज्दातसमेत गरी उक्त रकम लगानी र खर्च गरेको देखिएको छ ।

दुई करोड ७७ लाख २२ हजार ५० रुपियाँ आर्य आर्जन गरेकोमा वरिष्ठ निरीक्षक यादवले वैध आय अनुपातमा सोही अवधिमा सात करोड २४ लाख ५६ हजार २६३ रुपियाँ खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ । यादवको कुल वैधानिक आयलाई गरेको कुल व्यवसँग तुलना गर्दा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआएको प्रवक्ता दाहालले अनुसन्धानबाट खुलेको बताए।

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पत्तिबाट श्रीमती रीता रानी, छोराहरु विकास यादव र अविनास यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैंक मौज्दात राखेको अख्तियारले बताएको छ ।

सम्बन्धित समाचार

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
  • २०८० जेष्ठ १६, १६: ५४

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको...

काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
  • २०८० जेष्ठ १६, १६: ५४

काठमाडौं । संघीय राजधानी काठमाडौंको मुख्य नाका चन्द्रागिरि नगरपालिकास्थित वडा नं. २ वाणभञ्ज्याङको कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा यही चैत...

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
  • २०८० जेष्ठ १६, १६: ५४

  काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक...