प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै – Naya Bikalpa
June 18, 2024, Tuesday

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले / भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र मोदीसँग आज आज  भेटवार्ता गर्दैछन्।

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्न लागेका हुन्।

 प्रचण्डले शान्तिको दुत महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राजघाट पुगेर गान्धी प्रति पुस्पगुच्छा अर्पण गर्नेछन्।

राजघाटबाट फर्केर प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्नेछन्। सो भेटघाटमा दुई देश बिचको आपसी सबन्धका बारेमा छलफल हुनेछ।

भेटलगत्तै प्रधानमन्त्रीले प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुने जनाइएकाे छ। सो भेटवार्ता र छलफल पछि दुई देशका बिचमा सम्झौतापत्रमा हस्ताक्षर तथा केही संयुक्त परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुनेछ। सो पत्रकार सम्मेलनमा दुवै देशका प्रधानन्त्रीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ।

आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री प्रचण्डले साँझ होटेल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
  • २०८० जेष्ठ १८, ११: ०१

काठमाडौं। जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले क्रसर उद्योगीले राखेको जायज माग पुरा गर्नु पर्ने माग गरेका...

काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
  • २०८० जेष्ठ १८, ११: ०१

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • २०८० जेष्ठ १८, ११: ०१

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका...