प्रधानमन्त्री दाहालद्वारा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण – Naya Bikalpa
July 24, 2024, Wednesday

प्रधानमन्त्री दाहालद्वारा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् । आज भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि दाहालले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

सोही अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरेका थिए । प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरणमहतलगायत महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजघाट पुगेका थिए । यसपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यक्रम छ । दाहाल र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री दाहाल बुधबारदेखि चार दिने भारत भ्रमणमा छन् ।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८० जेष्ठ १८, ११: २४

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८० जेष्ठ १८, ११: २४

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८० जेष्ठ १८, ११: २४

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...