काठमाडौं । नेपालले तेस्रो महिला टि २० आई खेलमा मलेसियाविरुद्ध सानदार जित हात पारेको छ । बांगीस्थित युएसडी युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो ।
नेपालले जितका लागि दिएको १११ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रनमै समेटिएको हो । मलेसियाका लागि माहिरा इज्जती स्माइलले सर्वाधिक ४४ रन जोडिन् । ६ चौका प्रहार गरेकी उनी अविजित रहिन् । साथै ओपनर विनफ्रेडले २० रन जोड्नुबाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन ।
बलिङमा नेपालका लागि कविता कुँवर, सिता रानामगर र इन्दु बर्माले समान एकएक विकेट लिए ।
यो जितसँगै नेपालले पाँच खेलको सिरिजमा २-१ को अग्रता कायम गरेको छ । पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । अब नेपाल र मलेसियाबीच चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुने भएकाे छ।
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तनमा जोड दिएका छन्। राजधानीमा शुक्रबार...