राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट – Naya Bikalpa
September 30, 2023, Saturday

राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट


काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णय कानुनविपरत भएको भन्दै बिहीबार सर्वोच्च अदालतमा रिट परेको हो ।

संसदमा पेश नै नगरी मन्त्रिपरिषद्को सिफारिसमा पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहितले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

हाल दर्ता भइनसकेको उक्त रिटमा राष्ट्रपति पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण अवैधानिक भएको जिकिरसहित लागु नगर्नरनगराउन माग गरिएको छ।

रिटमा नागरिकताको विषय राष्ट्रियतासँग जोडिएकाले यसबारे अलग्गै नीति चाहिने पनि भनिएको छ। रिट निवेदकहरुले नेपालीहरु नागरिकताबाट वञ्चित नहुने र विदेशीले नागरिकता नपाउने व्यवस्था हुनुपर्ने पनि माग गरेका छन्।

जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले  विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई आग्रह गरेको थियो।

सम्बन्धित समाचार

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० जेष्ठ १८, १६: ०५

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० जेष्ठ १८, १६: ०५

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...

संघीयता कार्यान्वयनमा शासकीय मानसिकता परिवर्तन जरुरीः कावा प्रधानमन्त्री खड्का
संघीयता कार्यान्वयनमा शासकीय मानसिकता परिवर्तन जरुरीः कावा प्रधानमन्त्री खड्का
  • २०८० जेष्ठ १८, १६: ०५

  काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तनमा जोड दिएका छन्। राजधानीमा शुक्रबार...