डिएलए अध्यक्षमा संस्थापनईत्तर पक्षका सीताराम केसी निर्वाचित – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

डिएलए अध्यक्षमा संस्थापनईत्तर पक्षका सीताराम केसी निर्वाचित

चितवन। नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) नेपालको अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन्।

डिएलए नेपालको चितवनमा सम्पन्न ११औं महाधिवेशनबाट पार्टीको संस्थापनइत्तर पक्षका केसी ६ सय ५३ मत ल्याएर विजयी भएका हुन्।

केसीका प्रत्यासी लक्ष्मी दाहाल रावलले १ सय ७७ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उमेद्वार बनेका केदार कार्कीले १३०, लक्ष्मण थपलिया ५५ र कृष्ण घिमिरे भूषणले ५३ मत ल्याएका छन्।

शुक्रबारदेखि शुरु भएको डिएलए नेपालको महाधिवेशनको दोश्रो दिन शनिबार मतदानबाट नयाँ केन्द्रीय कार्यसमितिको चयन भएको थियो। आईतबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बरिस्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल विजयी भएका छन्् ।

बरिष्ठ उपाध्यक्ष ढकाल ३१५ मत ल्याएर विजयी हुँदा उनका प्रतिष्पर्धी चन्द्रमणी अधिकारीले २६४, विनय सिंहले २२१, कलमबहादुर खत्री १४४ र ज्ञानरन्त शाक्यले ९१ मत ल्याएका थिए।

प्रदेश अन्तर्गत उपाध्यक्षतर्फ कोशीमा कबिता बस्नेत, मधेसमा रमानन्द शाह, बागमतीमा जनकराज श्रेष्ठ, गण्डकीमा भुमिश्वर शर्मा गौतम, लुम्बिनीमा बिष्णुप्रसाद धिताल, कर्णालीमा पदमबहादुर शाही र सुदुरपश्चिम गंगाराम उपाध्याय निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा कबिता थापा कार्की निर्वाचित भएकी छन्। उपाध्यक्ष महिलामा विजयी कार्कीले ६१९ मत ल्याएकी छन् भने प्रतिष्पर्धी दीना श्रेष्ठ ४१२ मत ल्याएकी थिइन्।

महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी विजयी भएका छन्। महासचिवमा विजयी अधिकारीले ३९५ मत ल्याएरका थिए। प्रतिष्पर्धी बाबुराम अर्यालले २२१, पूर्णप्रकाश बस्नेतले २३६, लक्ष्मण आचार्यले १५६ र संजिवकुमार लामाले ४९ मत ल्याएका थिए।

यस्तै, सचिवमा शिवप्रसाद रेग्मी विजयी भए । उनले ४४३ मत ल्याएर विजयी हुँदा प्रतिष्पर्धी प्रदीप थापाले २६९, सरोज अधिकारी १९८ र रामलाल श्रेष्ठले १२४ मत ल्याएका छन्।

महिला सचिवमा धनमाया राना ५२७ मत ल्याएर विजयी हुँदा सम्झना पोखरेल ४९६ मत ल्याएर पराजित हुन पुगिन।

कोषाध्यक्ष हरिबहादुर बस्नेत २२५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिष्पर्धी गीता तिम्सिना र राधाकृष्ण पाठले समान २१६ मत ल्याएका थिए।

यस्तै मुश्लिम कोटाबाट अफताव आलम ४९३ मत ल्याएर विजयी भए। प्रतिष्पर्धी मोहम्मद नौसादले ४३९ मत ल्याएका थिए।

दलित सदस्यमा गोविन्दराम परियार ५५० मत ल्याएर विजयी हुँदा मुन्नाबिक्रम खाती ३८६ मतमा चित्त बुझाउनु पर्यो ।

महिला सदस्यमा सीता रेग्मी योञ्जन, मन्दिरा अधिकारी, बसन्धरा थापा र मनमाया पाठक विजयी भए । खुल्ला सदस्यहरुमा सुनिल पाण्डे, दिपेन्द्र अधिकारी, प्रदीप कार्की, दामोदर तिम्सिना (चिरन), किरण पौडेल र चक्र बहादुर थापा .अमित थापा) विजयी भएका छन्।

यस्तै, कोशी प्रदेशबाट दुर्गाप्रशाद पोखरेल, मधेसबाट प्रज्वल अधिकारी, बागमतीबाट बिनोद अधिकारी, गण्डकीबाट हरिप्रसाद रेग्मी, लुम्बिनीबाट हरिप्रसाद पन्त, कर्णालीबाट बिष्णुकुमारी शर्मा र सुदूरपश्चिमबाट भरतबहादुर सिंह निर्वाचित भएका छन् । खुला सदस्यतर्फ सीता रेग्मी योन्जन, मन्दिरा अधिकारी, बसुन्धारा थापा, मनमाया पाठक, अमल राज शाही र बिष्णु खनाल पनि केन्द्रीय सदस्य बनेका छन् ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०८० जेष्ठ २८, १३: ४१

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०८० जेष्ठ २८, १३: ४१

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०८० जेष्ठ २८, १३: ४१

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...