काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा विभिन्न १९ तरिकाबाट हेर्न सकिने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को नतिजा सम्बन्धी विवरण अवेब्सैत, एसएमएस र आइभीआर गरि १९ तरिकाबाट हेर्न सकिने जनाएको हो ।
बोर्डले यसै साताको अन्त्यसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक भएपछि मात्र निम्न माध्यमबाट नतिजा हेर्न सकिने छ ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको हो । ती संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा उपलब्ध गराउने भएका हुन् । त्यसरी अनुमति पाएकामा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ ।
बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैङ्क, इडियु संजाल, कान्तिपुर पब्लिकेशन्स्, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था÷फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउनेछन् । नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका ५ वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागी भएका थिए ।हालसम्म नतिजा भने सार्वजनिक भईसकेको छैन ।
काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...
हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...
काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...