
काठमाडौं ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गर्ने भनेको कार्यक्रम स्थगित गरेका छन्।
जलहरी प्रकरणमा मुछिएपछि ओलीले पशुपति नाथमा आज क्षमा पूजा गर्ने योजना बनाएका थिए। पशुपति क्षेत्र विकास कोषले एमाले अध्यक्ष ओली श्रीमती राधिका शाक्यसहित बिहान ९ बजे पशुपतिनाथमा आएर पूजा गर्ने योजना रहेकोमा त्यो स्थगित भएको बताएको छ।
पशुपतिमा जलहरी प्रकरणमा विवाद भएपछि ताम्रपत्र र गर्भगृहमा लेखिएको ओली सहितको नाम हटाइएपछि ओलीले क्षमा पूजा गर्ने योजना बनाएका थिए।
पशुपतिमा राखिएको जलहरीको विषयमा महालेखाले समेत प्रश्न उटठाएपछि अख्तियारको टोलीले दुई साता अघि जलहरी निकालेर नापजोख गरेको थियो ।
यता गर्भगृहको पूर्व–उत्तरमा राखिएको ताम्रपत्र (एक बाई दुई फिटको) मा तत्कालीन राष्ट्रपतिसहितका सम्बन्धितको नाम रहेकामा सो नाम हाल आएर हटाइएको छ।
काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छभने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज...
जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...
काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...