काठमाडौं ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गर्ने भनेको कार्यक्रम स्थगित गरेका छन्।
जलहरी प्रकरणमा मुछिएपछि ओलीले पशुपति नाथमा आज क्षमा पूजा गर्ने योजना बनाएका थिए। पशुपति क्षेत्र विकास कोषले एमाले अध्यक्ष ओली श्रीमती राधिका शाक्यसहित बिहान ९ बजे पशुपतिनाथमा आएर पूजा गर्ने योजना रहेकोमा त्यो स्थगित भएको बताएको छ।
पशुपतिमा जलहरी प्रकरणमा विवाद भएपछि ताम्रपत्र र गर्भगृहमा लेखिएको ओली सहितको नाम हटाइएपछि ओलीले क्षमा पूजा गर्ने योजना बनाएका थिए।
पशुपतिमा राखिएको जलहरीको विषयमा महालेखाले समेत प्रश्न उटठाएपछि अख्तियारको टोलीले दुई साता अघि जलहरी निकालेर नापजोख गरेको थियो ।
यता गर्भगृहको पूर्व–उत्तरमा राखिएको ताम्रपत्र (एक बाई दुई फिटको) मा तत्कालीन राष्ट्रपतिसहितका सम्बन्धितको नाम रहेकामा सो नाम हाल आएर हटाइएको छ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...