दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते – Naya Bikalpa
January 16, 2026, Friday      Epaper

दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५:२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए ।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
  • २०८० असार २९, १०: ५१

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...

ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
  • २०८० असार २९, १०: ५१

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनले बताएका...

विशेष महाधिवेशनपछि कांग्रेसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन
विशेष महाधिवेशनपछि कांग्रेसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन
  • २०८० असार २९, १०: ५१

काठमाडौं : विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको अद्यावधिक विवरण दर्ता गराउन निर्वाचन आयोगमा औपचारिक निवेदन दिएको छ...