पर्वतमा जीप दुर्घटना : सात वर्षीय बालिकाको निधन, ११ जना घाइते – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

पर्वतमा जीप दुर्घटना : सात वर्षीय बालिकाको निधन, ११ जना घाइते


पर्वत । पर्वतमा जीप दुर्घटना भएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ। टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ। प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ। दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन् ।

उकालो बाटोमा चढ्दै गरेको जीप अचानक अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको थियो। जीपका चालक प्रहरीको नियन्त्रणमा रहेको र जीप घटनास्थलमा सवारीधनीको जिम्मामा रहेको जनाइएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८० असार ३१, ११: ०७

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...

कांग्रेसबाट हालसम्म क-कसले पाए टिकट ? (सूचीसहित)
कांग्रेसबाट हालसम्म क-कसले पाए टिकट ? (सूचीसहित)
  • २०८० असार ३१, ११: ०७

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले कर्णाली, सुदूरपश्चिमलगायतका टाढाका जिल्लाका लागि उम्मेदवारको...

सञ्चारमन्त्री खरेलले दिए राजीनामा
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
  • २०८० असार ३१, ११: ०७

काठमाडौं : सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा पत्र बुझाएका हुन्...