
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि आजको बैठक सुरु भएको छ ।
आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको पार्टीका दस एजेन्डा र अर्का महामन्त्री गगन थापाले पेस गरेको वार्षिक कार्ययोजनामाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा र सुझाव राख्ने क्रम जारी रहनेछ।
मङ्गलवार देखी सुरु भएको बैठकको पहिलो दिन महामन्त्री शर्माले पार्टीको १० एजेन्डा प्रस्तुत गरेका थिए। अर्का महामन्त्री थापाले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। महामन्त्रीद्वयको एजेन्डा र अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले पेश गरेको अनुशासन समितिको टिपोटमाथि केन्द्रित रहेर बुधबार ६ प्रदेशका सभापतिसहित ४६ जना केन्द्रीय सदस्यहरूले धारणा र सुझाव प्रस्तुत गरेका थिए।
धारणा राख्ने क्रममा केही केन्द्रीय सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना गरेका थिए भने केहीले उनको बचाउ गरेका थिए।बाँकी रहेका केन्द्रीय सदस्यहरूले आजदेखि आफ्नो धारणासहितको सुझाव राख्नेछन्। केन्द्रीय सदस्यहरूलाई विषयवस्तुमा केन्द्रित रहेर बोल्नका लागि ७ मिनेटको समय निर्धारण गरिएको छ। ६ मिनेटमा जनाउ घन्टी बज्नेछ भने सातौँ मिनेटमा माइक काटिन्छ। काँग्रेसले यसपटकको केन्द्रीय समिति बैठक लाइभ गर्दै आइरहेको छ।
काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले ३२ क्षेत्रका लागि उम्मेदवारको...