सेवा वितरणमा विभेद नगर्न मन्त्री मोदीकाे निर्देशन – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

सेवा वितरणमा विभेद नगर्न मन्त्री मोदीकाे निर्देशन


काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सेवाग्राहीका रुपमा आउने कर्मचारीलाई पनि विभेदरहित ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

मन्त्री मोदीले आज राष्ट्रिय किताबखाना (निजामती) को आकस्मिक अनुगमन गर्दै सेवा वितरणमा विभेद गर्ने र जनतालाई दुःख दिने कर्मचारीलाई कारबाही गरिने बताए ।

उनले भने, “सेवाग्राहीका रुपमा आउने सरकारी कर्मचारीलाई समेत विभेदरहित ढङ्गले सेवा प्रवाह गर्नुपर्छ, सेवा वितरणमा विभेद गर्नेलाई कारबाही हुन्छ ।” सोही अनुगमनका क्रममा मन्त्री मोदीले सेवाग्राहीका रुपमा किताबखानामा आएका कर्मचारीलाई सेवा वितरणमा गुनासो भए त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका थिए ।

कर्मचारी समयमै कार्यालयमा नआउने र पूरा समय कार्यालयमा नबस्ने गुनासो आएपछि आफूले आकस्मिक निरीक्षण गरेको बताउँदै मन्त्री मोदीले सहरमा र सुविधायुक्त ठाउँमा मात्र रहेका कर्मचारीलाई आलोपालो दुर्गम क्षेत्रमा पनि सरुवा गरिने बताए ।

पछिल्लो समय मन्त्रालयका सचिवलगायतका कर्मचारीकोसमेत हाजिरी छड्के गरेका मन्त्री मोदीले सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका निजामती अस्पताल, राष्ट्रिय किताबखानाको नियमित छड्के अनुगमन गर्दै आएका छन् ।

किताबखानाका महानिर्देशक डा टोकराज पाण्डेले मन्त्री मोदीलाई किताबखानाबाट धेरैजसो सेवाहरु अनलाइनमा वितरण हुने गरेको र आफ्नै भवन नहुँदा सेवा प्रवाह जटिल भएको जानकारी गराएका थिए । किताबखानाले निजामती कर्मचारीको सिटरोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक, पेन्सनपट्टा बनाउने र सम्पत्ति विवरण लिने काम गर्दै आएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८० श्रावण ४, १७: ४८

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८० श्रावण ४, १७: ४८

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...

कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
  • २०८० श्रावण ४, १७: ४८

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले ३२ क्षेत्रका लागि उम्मेदवारको...