चौंथो दिनको कांग्रेस केन्द्रीय समिति बैठक जारी, धारणा राख्दै केन्द्रीय सदस्य – Naya Bikalpa
January 16, 2026, Friday      Epaper

चौंथो दिनको कांग्रेस केन्द्रीय समिति बैठक जारी, धारणा राख्दै केन्द्रीय सदस्य


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक जारी छ। तीन दिनदेखि जारी बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु भएको जनाइएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन। त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्। हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ।

बिहीबारको बैठकमा सुशासन र भ्रष्टाचारको विषय उठेको थियो। तर, संस्थापनइतर पक्षले मात्रै यो विषय उठाएको थियो। संस्थापन पक्षका नेताहरू नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका बालकृष्ण खाणको बचाउमा उत्रिएका थिए। इतर समूहले भने त्यसको खुलेरै त्यसको विरोध गरेको थियो।

उनीहरुले पार्टी पदाधिकारीबीच देखिएको फरक मतले पार्टी बलियो हुन नसक्ने बताए। त्यस्तै प्रदेश सभापतिहरुले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश पोखे। अधिकांश सदस्यले गुटबन्दी मौलाएको, सरकार र पार्टीबीच समन्वय हुन नसकेको र पार्टी विधानअनुरुप चल्न नसकेको धारणा राखे।

त्यस्तै केही नेताहरुले कोशी प्रदेश नामकरणमा पार्टीले आधिकारिक धारणा नबनाएको भन्दै प्रश्न गरे। यस्तै, सदनमा पार्टीको उपस्थिति कमजोर भएकाले संसद बैठकमा जानुपूर्व सल्लाह गर्नुपर्नेमा पनि नेताहरुको जोड थियो।

बैठकमा सह(महामन्त्रीहरुलाई जिम्मेवारी नदिइएको, भ्रातृ संस्थाहरुलाई पार्टीले मरणासन्न अवस्थामा पुर्‍याउँदा तीनै तहको निर्वाचनमा असर परेको, नातावाद हावी भएको, पार्टीमा गुटबन्दीको अवस्था रहेकोलगायत विषय औंल्याएका थिए।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीमा कार्यकर्ता र जनताको असन्तुष्टि बढेको, गठबन्धनले निर्वाचनमा पहिलो दल बने पनि कांग्रेसले राजनीति हारेको, सरकार जनतासँग नजोडिएको, क्रियाशील सदस्यतालगायत विषयमा आफ्नो धारणा रोख।

साउन २ गते सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा १० वटा एजेन्डा र विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठक अझै दुई दिन लम्बिने कांग्रेसले जनाएको छ।

सम्बन्धित समाचार

पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
  • २०८० श्रावण ५, ११: ०५

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...

नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
  • २०८० श्रावण ५, ११: ०५

काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...

ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
  • २०८० श्रावण ५, ११: ०५

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनले बताएका...