सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

राउतका परिवारले बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएसँगै न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामै राखेर अनुसन्धान गनु पर्ने आधार, कारण र औचित्य नदेखिएको बताएका हुन् ।

उनलाई अनुसन्धान सम्पन्न नभएसमम नेपाल बाहिर जान नपाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको हो ।

ललितानिवास जग्गा प्रकरणमा छानबिनका लागि भन्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई असार २४ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०८० श्रावण ५, १७: ३९

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८० श्रावण ५, १७: ३९

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८० श्रावण ५, १७: ३९

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...