सामाखुशीको बाढीले बगाएका बालक अझै फेला परेनन्,खोजी कार्य जारी – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

सामाखुशीको बाढीले बगाएका बालक अझै फेला परेनन्,खोजी कार्य जारी


काठमाडौं । आइतबार सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक अझै फेला परेका छैनन्। हिजो अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका ३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका हुन्। विद्यालयबाट घर आएर खेल्न निस्किएका उनलाई बाढीले बगाउँदा बेपत्ता भएका थिए।

सोमबार बिहान ११ बजेसम्म पनि उनी फेला परेका छैनन् । उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीले जानकारी दिए।

उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंमा आइतबार अत्यधिक वर्षा हुँदा साना खोला-खोल्सीमा बाढी आएको थियो ।

सम्बन्धित समाचार

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
  • २०८० श्रावण ८, १२: २१

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...

ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
  • २०८० श्रावण ८, १२: २१

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनले बताएका...

विशेष महाधिवेशनपछि कांग्रेसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन
विशेष महाधिवेशनपछि कांग्रेसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन
  • २०८० श्रावण ८, १२: २१

काठमाडौं : विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको अद्यावधिक विवरण दर्ता गराउन निर्वाचन आयोगमा औपचारिक निवेदन दिएको छ...