
काठमाडौं। टेलिकमको क्षमता अभिवृद्धिका लागि व्यवस्थापन र श्रमिकहरुको लक्ष्य एउटै हुनुपर्नेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जोड दिएका छन्।
नेपाल टेलिकम वर्कर्स युनियनको ३२औँ वार्षिकोत्सव समारोहमा मन्त्री डा.महतले भने, ‘श्रमिकहरुको जायज माग तथा चासो र चिन्ताप्रति राज्य संवेदनशील हुनुपर्छ। यिनीहरु काम गर्ने हुन्, उनीहरुलाई धेरै सुविधा दिनु हुँदैन भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ ।’
सञ्चारको विकासमा नेपाल टेलिकमको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री डा. महतले भने ‘ल्याण्डलाइनबाट सुरु भएर अहिले ताररहित सेवा प्रवाह भइरहेको छ। प्रविधिमा छिटोछिटो विकास भइरहेको छ। यो परिवर्तनसँगै नेपाल टेलिकमले आफूलाई अपटुडेट राख्ने चुनौति छ। सफ्टवेयरमा एकदमै छिटो अपटुडेट हुनुपर्ने अवस्था छ।’
स्वास्थ्य र शिक्षा क्षेत्रमा डिजिटलको उपयोग गरेर लागत घटाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले भने, ‘शिक्षामा हामीले यही हिसाबले अगाडि बढ्न सकेनौं भने त्यो प्रतिस्पर्धी हुँदैन। पहिले टेलिकमको मात्र मनोपोली थियो, तर अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नु पर्छ। निजी क्षेत्र आक्रामक हुन्छ र निर्णय प्रकृया छिटो छरितो हुन्छ। राज्य संरक्षित कम्पनीहरुमा थोरै कानुन झन्झट हुन्छन्।’
‘व्यवस्थापकीय समस्या सरकारले हटाउनुपर्ने छ। क्षमता वृद्धिका लागि टेलिकम आफैले हटाउन सक्ने समस्या पनि होलान्’ मन्त्री डा. महतले भने, ‘त्यसैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता छ। कुनै समयमा मैले यति पढेको थिए, संस्थालाई म सधैं हाक्नसक्छु भन्ने अवस्था अब रहेन। प्रविधिको विकासले गर्दा हामीले हरेक दिन पढिराख्नुपर्ने भयो।’
अहिलेको अवस्थामा हामीले हरेक कामसँगसँगै विद्यार्थी हुन पनि आवश्यक रहेको छ। ‘नेपाल टेलिकम वर्कर्स युनियनले यसको अगुवाइ गरोस्। सञ्चालन र उत्पादनमा जोडिएका साथीहरुले अधिकारको मात्र कुरा गर्नु भएन, हामी योगदान दिनसक्छौं, क्षमता बढाउँछौं, प्रतिस्पर्धी र शाख बचाएर राख्छौं भन्ने योजना हुनुपर्छ।’
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...
काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...