नेप्सेमा हरियाली, १ अर्ब ५१ करोडमाथिको कारोबार – Naya Bikalpa
September 30, 2023, Saturday

नेप्सेमा हरियाली, १ अर्ब ५१ करोडमाथिको कारोबार


काठमाडौं । नेप्सेमा साताको कारोबारको दोस्रो दिन सोमबार हरियाली छाएको छ । आज नेप्से ४४.३० अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ९९ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार सोमबार कारोबार भएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

जसमा थ्रीस्टार हाइड्रोपावर कम्पनी, मेन्छियम हाइड्रोपावर लिमिटेड, मेलुङ खोला हाइड्रोपावर कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का कलगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७।४३ प्रतिशतले घटेको छ ।

 कारोबारको आधारमा आज सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशनको भएको छ । यस कम्पनीको आज ६ करोड २क५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

सम्बन्धित समाचार

बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्वपूर्ण : अर्थमन्त्री 
बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्वपूर्ण : अर्थमन्त्री 
  • २०८० भाद्र २५, १५: ३६

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागी भएर आज...

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड, दुई जनालाई ११ कित्ता
मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड, दुई जनालाई ११ कित्ता
  • २०८० भाद्र २५, १५: ३६

काठमाडौ । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ६२ हजार ११७ जना आवदकले १० कित्ताका...

सुनको मुल्यमा गिरावट, तोलाको कति ?
सुनको मुल्यमा गिरावट, तोलाको कति ?
  • २०८० भाद्र २५, १५: ३६

काठमाडौं । आज सुनको मुल्य प्रतितोला १ हजार ४०० रुपैयाँले सस्तिएको छ । आज प्रतितोला सुनको मूल्य १ लाख ९...