बिपीले प्रजातान्त्रिक समाजवाद भन्नु भयो काङ्ग्रेसले धेरै पटक सरकारको नेतृत्व गरिसकेको छ, नेपालमा प्रजातान्त्रिक समाजवाद आईसक्योकि आउन बाँकी छ !
बिपीको समाजवाद नेपालको भ–ूरसातलमा आधारित परिकल्पना थियो सारमा समाजबाद कम्युनिष्ट बिचार धारामा प्रजातन्त्र जोडिदिने अर्थात राजनीति स्वतन्त्रता प्रदान गर्ने भने पनि उहाँले तत्कालिन नेपालमा भएको चरम गरीबि र किसान लक्षित समस्यामा उहाँको चिन्तन प्रस्फुटन हुने गरेको पाइन्छ । त्यसैले उहाँले भन्नुभएको थियो १५ बर्षमा नेपाली जनतालाई आफू सरह बनाउने त्यो विधि सहकारिताको माध्यमबाट जनतालाई सित्तै होइन सरकारले काम गराएर मध्यमबर्गीय जिवन स्तरमा पु¥याउने योजना परिकल्पना थियो । उहाँको भनाई थियोे सबैजनताको बस्ने घर होस, करेसावारी होस् , घरमा गाई,भैंसी हुन खेतीपातीको लागि २-४ रोपनी जग्गा होस ,सबै बालबालिका स्कूल जान पाउन् ,विरामी हुँदा उपचारको व्यबस्था होस्, सबै नेपालीले स्वतन्त्र भएर जीवन यापन गर्न पाउन यतिका लागि हो तत्कालिन काग्रेसको उदय ! उहाँले हामी कांग्रेस माक्सवाद हैन कम्युनिष्ट होइनौ भन्नुले नेपालीको गासबास कपासमा मात्र अधिकारका आयाम जोडेर समाजवादको अबधारणा बोक्नुभएको थियो । हाम्रा हातमुख जोडन सक्ने हैसियत भएको भू–बनोटको बारेमा उहाँ ज्ञाता हुनुहुन्थ्यो । काम गरेर जीवन सहज यापन गर्न सकिने विश्वास उहाँमा थियो, खान नपाएको पेटमा अन्न–जावस् ,हाँस्न नपाएको ओठमा हाँसो–जावस्,रोगीले औषधीमूलो पावस्,केटाकेटीले पढ्न पाउन् भनेर नै हामी राजनीतिमा लागेका हौं । मन्त्री हौँला,ठुलाठुला कुर्सीमा बसौला भनेर राजनीतिमा लागेका होइनौं भन्ने उहाँको भनाईले समाजबाद गरिब विपन्न र आश्रीत उकास्ने पद्धति नै समाजवाद भन्ने बुझिन्छ ।
बिपीको विश्वास अवसरको समानता हो । राजनीति स्वतन्त्रता नभै समानता प्राप्त हुँदैन । राजनितिमा समान अवसर पहिलो समानताको कडी हो । प्रजातन्त्र बिना समाजवाद स्थापना हुँदैन भन्ने उहाँको अडान हो यसैका लागि अनबरत सङ्घर्षमा लागेर प्रजातन्त्रकै लागि जीवन अर्पण गर्नुभयो । व्यक्ति सक्षम भएमात्र उसले अवसरको प्रयोग हुन सक्छ त्यसैले ब्यक्तिको ब्यक्तित्व निर्माण गर्ने दायित्व राज्यको हो । व्यक्तित्व विकास लागि स्वास्थ्य सुबिधा, शिक्षाको सुबिधा अनिवार्य सर्त हुन् । यिनै कुरा बिपीका उदगारहरु अनौपचारिक वार्तामा पाइन्थे । बिपीको समाजवाद पढेर प्राप्त हुँदैन यसका लागि केही गरेर देखाउनुपर्छ । भाषण नीति उपदेशमा होइन बिपी समाजवाद कर्ममा देखाउनुपर्छ । जनतालाई श्रममा नलगाई उत्पादन नहुने कुरामा उहाँले राम्ररी बुझनु भएको थियो । त्यसैले उहाँले आफ्ना लेखमा कांग्रेसले पालना गर्नुपर्ने आचरण व्यवहारदेखि बस्ने घरको समेत नक्सा कोर्नु भएको थियो । तर अहिले उनका अनुयायिहरुले सत्ता, भाषण,जाल–झेल बाहेक केही देखेनन् ।
कांग्रेसले बिपीका आदर्श छाडे भन्ने सबैको मुख मुखमा छ तर के छाडे भन्ने जवाफ गौण छ भन्न सक्दैनन् ।
स्वच्छ समाज निर्माणका लागि चाहिने आवश्यक आयाम सबै समाजवादीमा चाहिन्छ । समाजवादीका आचरण व्यवहार समाज अनुसारका भेषभुषा खानपिन आहार बिहारले समाजवाद फस्टाउने हो । कांग्रेसले समाजवाद छोडेको छैन समाजवादी हुनपर्ने कांग्रेसका नेता कार्यकर्ता काग्रेसी भए ।
समाजवाद समाजसँग घुलित व्यबस्था हो । स्वच्छ समाज निर्माणका लागि चाहिने आवश्यक आयाम सबै समाजवादीमा चाहिन्छ । समाजवादीका आचरण व्यवहार समाज अनुसारका भेषभुषा खानपिन आहार बिहारले समाजवाद फस्टाउने हो । कांग्रेसले समाजवाद छोडेको छैन समाजवादी हुनपर्ने कांग्रेसका नेता कार्यकर्ता काग्रेसी भए । समाजवादी हुन सकेनन समस्या त्यहा हो । सामाजिक मूल्य मान्यता विपरित कांग्रेसको व्यवहारले कांग्रेसले समाजवाद छाडयो भनिएको हो ।
सादा जीवन उच्च विचार पालना गर्नुपर्ने कांग्रेस जन महल ताक्न पुगे । सादगी जीवन–तडक भडकमा रुपान्तरित भए । देश बनाउने परिकल्पना बोकेकाहरु घर परिवार बनाउन लागे, सामाजिक नैसर्गिता सिकाउनुपर्ने आँफै अनैतिक हुन पुगे । आर्थिक पारदर्शिता मितव्यीतामा चल्नु पर्नेहरु भ्रष्टचारमा लिप्त हुन थाले ।
कम्युनिष्टलाई लोकतन्त्र रुपान्तरण गर्नुपर्ने कांग्रेस कम्युनिष्ट जस्तै तानाशाही हुँदै गए समस्या कांग्रेसीमा छ । कांग्रेसको नीतिमा छैन । भ्रष्ट्राचारी लालचाले बनाइने बजेट व्यबस्थापनमा छ । कांग्रेसको नेतृत्व हिँडेको बाटोमा छ ।
बिपी विचारका नीति कार्यान्वयनका लागि सर्वप्रथम अबका युवा कांग्रेसमा नयाँ चेतना जागृतको आवश्यकता छ । सर्बप्रथम कांग्रेको विधान परिमार्जनबाट सुधार अभियान सुरु हुनु पर्छ । बिधान नेता मुखी छ यसलाइ आम कार्यकर्तामुखी बनाउन जरुरी छ । हालि मुहाली गरेर सधै नेतृत्वमा रहने परम्परा तोडन छेकवार राख्न जरुरी छ । सदस्य लिन चाहनेले सहजता महसुस हुने व्यबस्था जरुरी छ । भ्रष्टलाई जनता र कार्यकर्ता मिलेर बाहि¥याउनु पर्ने छ अनिमात्र बन्न सक्छ बिपीको समाजवाद ।
बिपीले राष्ट्रिय मेलमिलापको नीति भन्नु भयो । मेलमिलाप राजतन्त्रसंग मात्र होकि आवश्यकता अनुसार जोसंग पनि मिले÷ मेलमिलाप हुन्छ ?
बिपीको मेलमिलापको नीति व्यक्ति परस्त थियो सिद्धान्तमा कुनै विचलन थिएन । परिस्थितिजन्य अवस्था रहेकोले संबैधानिक राजतन्त्रको पासा थाप्नुभएको हो । राजाले राजनीति गर्दैनन् भन्ने बिश्वास उहाँमा थिएन । उहाँले धेरै पटक मेरो मेलमिलाप पन्चसंग हो पन्चायतसँग होइन । त्यसैगरी, एकतन्त्रिय कम्युनिष्टसँग मिल्ने उहाँको नीति थिएन । कम्युनिष्टलाई दलीय व्यबस्थामा ल्याउने उहाँको मेलमिलाप लक्षित थियो । अन्ततोगत्वा सबैको सहमतिमा नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना देश भित्रकै शक्तिको प्रयासबाट गर्ने यसको जस अन्य देशलाई नदिने उहँको मेलमिलापको चुरो थियो । यसलाई सफल पार्न समयले साथ दिएन । अन्य देशको समन्वयमा स्थापित प्रजातन्त्रको जसको भाग अरुले खोजेकाले यसबाट बच्ने प्रयास मेलमिलाप थियो । सबै राजनीति दलका नेताहरुसँग राजनीति सामिप्यताका लागि बिपीले शुरु गरेको कोजाग्रत चियापान कार्यक्रमले अहिले राष्ट्रिय रुप लिएको छ । सबै राजनीति दलले यसको अनुसरण गरेका छन । यसले बिपीको मेलमिलाप सबै पक्षसंग हातेमालो गर्न चाहेको प्रस्ट हुन्छ ।
बिपीले जीवनको अन्तिम समयमा एक्लो बृहस्पति भए भन्नु भएको थियो त्यसको अर्थ के होला ?
समयको प्रवाहसँगै मानिसमा पनि परिवर्तन आउँछ । काम गर्दै जाँदा मानिस पनि खारिदै जान्छन् । अनन्त बिकल्पले भरिएको सन्सार ।
मानिसले पनि बिकल्पका महल ठड्याउँछन । राजनीति परिवर्तन स्व–भूमिबाट गर्ने उहाँको चाहनाको समयले कोल्टे फेरिसकेको अवस्थामा पार्टीमा रहेका साथीहरुबाट पनि बिकल्प आउनु स्वभाबिकै हो । बिपीसँग प्रतिवाद गर्न असहज अवस्था देखेपछि भारतले राणा,शाही र राजा मिलाई दिएको राणा नेतृत्वको प्रजातन्त्र स्वीकार्नु बिपीका लागि बाध्य मात्र भएन उनीहरुको आफूलाई अपाच्य हुने निर्णय र दबावले थिचिएर सक्ताच्यूत समेत भएको अनुभव बिपीमा थियो । भारत निर्वासनमा समेटेको अनुभव गरेको आशा निराशामा परिणत हुनु जस्ता क्रियाकलाप भोगाईले विदेशी वैसाखी टेकेको परिवर्तन भन्दा आन्तरिक मेल मेलमिलापकै बिकल्पमा उहाँ हुनुहुन्थ्यो । यो कुरा जनसमक्ष प्रवाह गर्दा पनि यो भूपरिवेशमा परिवर्तन गर्ने अवस्था नरहेको , २०३७ को परिवर्तनले ल्याएको खुलापन र परिवर्तनका लागि सङ्गठनका साथीहरुका कोही छिमेकीसँग मिलेमात्र आन्दोलन सफल हुने , कोही राजाको नेततृत्वमानै देशमा राजनीति परिवर्तन देख्ने कोही पञ्चायत शासनसँग सजिलो, लचिलो भएर राजनीति दाउ हेर्ने कोही अमेरीका युरोपको मुख ताक्ने अवस्था श्रृजना भएर उहाँले आफ्ना स्वःधिनता आँफै खोज्ने लक्ष्यमा देश परिवेश र उहाँको स्वास्थ्य अवस्थाले समेत चाप्दै आएपछि एक्लो अनुभूति भएको हो तर यो निराशाको उपज नभएर साथीहरु प्रतिको आफ्नो लगाबको आकर्षण हो भनेर बुझ्न सकिन्छ ।
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तनमा जोड दिएका छन्। राजधानीमा शुक्रबार...