काठमाडौं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ। केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि बिपी साहित्य महोत्सव भइरहेको थियो।
बिपी साहित्य महोत्सवका आजका सबै कार्यक्रम स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
संविधानसभाका तत्कालीन अध्यक्षसमेत रहेका नेकपा एमालेका नेता, प्रतिनिधि सभा सांसद सुवास नेम्वाङको गए राति निधन भएको थियो। नेम्वाङको निधनको शोकमा बिपी साहित्य महोत्सवका आजका कार्यक्रम स्थगित गरिएको हो।
बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तनमा जोड दिएका छन्। राजधानीमा शुक्रबार...