काठमाडौ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आरवीवीएल इभी लोन फेष्टिभ अफर चाड पर्व विशेष योजना ल्याएको छ। बैंकले नेपालीहरुको राष्ट्रिय पर्वहरुको अवसर पारी आजदेखि लागु हुने गरी “यो वर्षको फेष्टिभ जोन, आर.वी.वी. को इभी लोन” भन्ने नाराका साथ “RBBL Ev\ Loan Festive Offer” चाड पर्व विशेष योजना ल्याएको हो।
बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “नेपाल सरकार र नेपाल राष्ट्र बैंकले देशमा पेट्रोलियम पदार्थ आयातमा अत्याधिक विदेशी मुद्रा खर्च हुने गरेको हुँदा सो को खपत घटाउन विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ। राष्ट्रिय बाणिज्य बैंक पनि सरकारी स्वामित्वको बैंक भएकोले सरकारको नीति तथा लक्ष्य प्राप्तीको लागि पहल गर्नु पनि यस बैंकको नैतिक दायित्व हो।”
बैंकले चाड पर्व विशेष योजना अन्तर्गत बैकको ब्याजदरमा सबैभन्दा न्यून, प्रशोधन शुल्क, अग्रिम भुक्तानी लागत, अधिकतम कर्जा सीमा लगायत विभिन्न सेवा सुबिधामा छुट दिने जनाएको छ ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...