सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? – Naya Bikalpa
September 30, 2023, Saturday

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुनको मुल्य आठ सय रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज आठ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम रहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । मंगलबार तोलामा १४ सय ५ रुपैयाँ कायम थियो ।

सम्बन्धित समाचार

बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्वपूर्ण : अर्थमन्त्री 
बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्वपूर्ण : अर्थमन्त्री 
  • २०८० भाद्र २७, ११: ५८

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागी भएर आज...

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड, दुई जनालाई ११ कित्ता
मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड, दुई जनालाई ११ कित्ता
  • २०८० भाद्र २७, ११: ५८

काठमाडौ । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ६२ हजार ११७ जना आवदकले १० कित्ताका...

सुनको मुल्यमा गिरावट, तोलाको कति ?
सुनको मुल्यमा गिरावट, तोलाको कति ?
  • २०८० भाद्र २७, ११: ५८

काठमाडौं । आज सुनको मुल्य प्रतितोला १ हजार ४०० रुपैयाँले सस्तिएको छ । आज प्रतितोला सुनको मूल्य १ लाख ९...