उदयपुर । उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरीको मृत्यु भएको छ । जिल्लाको बेलका नगरपलिका २ भागलपुर प्रहरी चौकीमा कार्यरत असई कुमार बस्नेतको आज मोटरसाईकल दुर्घटनामा हुँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनी मोटरसाइकलमा जिल्ला प्रहरी कार्यलय गाईघाटबाट भागलपुर चौकी जाँदा उक्त दुर्घटनामा परेको जनाइएको छ । उनी सवार मोटरसाइकललाई चौदन्डिगढी नगरपालिका १० ज्यामिरेस्थित ट्रकले ठक्कर दिएको थियो ।
असई बस्नेतको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका डिएपीले जानकारी दिए । ट्रक चालक फरार रहेको बताइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...