नेप्से परिसूचक बढ्यो, एक अर्ब ४९ करोडको कारोबार – Naya Bikalpa
July 24, 2024, Wednesday

नेप्से परिसूचक बढ्यो, एक अर्ब ४९ करोडको कारोबार


काठमाडौँ । नेप्से परिसूचक ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । जसमध्ये जलविद्युत् समूहको उपसूचक सबैभन्दा धेरै तीन दशमलव ६२ प्रतिशत र वित्त समूहको उपसचूक तीन दशमलव २० प्रतिशतले बढेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै शुभम पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ८६, अरुण काबेली पावर लिमिटेडको नौ दशमलव ०३ प्रतिशत र अपि पावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव २९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक लिमिटेडको रु सात करोड ९३ लाख २५ हजार तीन सय ४७ बराबरको शेयर किनबेच भएको छ ।

यो साता शेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब चार अर्ब ६२ करोड ५२ लाख ३८ हजार तीन सय २६ पुगेको छ ।

सम्बन्धित समाचार

भारतले नेपाललाई ७ सय करोड भारु अनुदान दिने
भारतले नेपाललाई ७ सय करोड भारु अनुदान दिने
  • २०८० भाद्र २७, १७: २३

काठमाडौं। भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४-०२५ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ। भारतीय अर्थमन्त्री...

नेप्से मंगलबार ७५.३३ अङ्कले बढ्दा १४अर्ब बढीको कारोबार
नेप्से मंगलबार ७५.३३ अङ्कले बढ्दा १४अर्ब बढीको कारोबार
  • २०८० भाद्र २७, १७: २३

काठमाडौं। साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.३३ ङ्कले बढेको छ। नेप्से बढेर २५६३.४३ विन्दुमा पुगेको हो।...

सांसद महतोबाट घुस लिएको भनिएका कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो
सांसद महतोबाट घुस लिएको भनिएका कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो
  • २०८० भाद्र २७, १७: २३

काठमाडौं। भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रले समकक्षता शाखामा कार्यरत कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ। शैक्षिक योग्यताको प्रमाणपत्रको समकक्षता (सर्टिफिकेट इक्युभ्यालेन्ट) गर्दा...