काठमाडौं । परिवर्तनको लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारण सभा सम्पन्न भएको छ । जसअनुसार साधारण सभाको प्रमुख अतिथि संघीय संसदका माननीय सपना राजभण्डारी रहेकी थिइन् । संस्थाका अध्यक्ष रमिला श्रेष्ठ शाक्यको अध्यक्षतामा पहिलो साधारण सभा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा अतिथि मानव अधिकार संगठनका उपाध्यक्ष सुरेन्द्र मानन्धरको उपस्थिति रहेको थियो । पहिलो साधारण सभाले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
संस्थाकी सदस्य राधा ज्ञावालीले उपस्थित सबैलाई स्वागत मन्तव्य गरेकी थिइन् । सदस्य एवं प्रवक्ता विनिता पुरीले संस्थाको उद्देश्यको बारे जानकारी गराएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि माननीय राजभण्डारीले संस्थाको उदेश्य अत्यन्तै राम्रो भएको र आगामी दिनमा यो संस्था पक्कै पनि नमुनाको रुपमा रहने विश्वास व्यक्त गरिन् । उपस्थित अतिथिहरुले संस्था स्थापना गर्नु ठूलो कुरा नभएको तर संस्थालाई चलायमान बनाई राख्न गठिन भएको हुँदा संस्थाको उदेश्य अनुसार काम गर्नु चाहिँ मुख्य कुरा भएको बताएका थिए ।
त्यसैगरी, अतिथि सुरेन्द्र मानन्धरले काम गर्दा सधैं मानब हितमा काम गर्न आग्रह गरे । साथै सचीव अनुपमान राजभण्डारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई मायाको चिनो स्वरुप वातावरण स्वस्थ बोनस भन्ने उदेश्यले विरुवा दिइएको थियो ।
यस सौर्य समाजको विधान अनुसार प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रल्हाद महत, सदस्य टिका प्रसाद घिमिरे र धन थापा मगरको निर्वाचन मण्डलले उम्मेदवारी दर्ता भई आएका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरि सपथ ग्रहण गराएका थिए । निर्वाचित सबैलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रल्हाद महतले माला लगाई बधाई दिएका थिए ।
नव निर्वाचित कार्य समितिहरूमा
१. अध्यक्ष : रमिला श्रेष्ठ
२. उपाध्यक्ष : शान्ती श्रेष्ठ आचार्य
३. सचिव : अनुपमान राजभण्डारी
४. कोषाध्यक्ष : सुर्य बहादुर अधिकारी
५. सह सचिव : अनुज भण्डारी
६. सह कोषाध्यक्ष : प्रतिमा श्रेष्ठ
७. सदस्य : प्रल्हाद दाहाल
८. सदस्यस् राधा ज्ञावली
९. सदस्य : रमेश श्रेष्ठ
१०. सदस्य : विनिता पुरी
११. सदस्य : रेना शाक्य रहेका छन् ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष एवं एम्नेष्टीका पूर्व अध्यक्ष सुर्य वहादुर अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए भने अध्यक्ष शाक्यले समापन मनतव्य राखी कार्यक्रमको समापन गरेका थिए ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...