परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

काठमाडौं । परिवर्तनको लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारण सभा सम्पन्न भएको छ । जसअनुसार साधारण सभाको प्रमुख अतिथि संघीय संसदका माननीय सपना राजभण्डारी रहेकी थिइन् । संस्थाका अध्यक्ष रमिला श्रेष्ठ शाक्यको अध्यक्षतामा पहिलो साधारण सभा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा अतिथि मानव अधिकार संगठनका उपाध्यक्ष सुरेन्द्र मानन्धरको उपस्थिति रहेको थियो । पहिलो साधारण सभाले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

संस्थाकी सदस्य राधा ज्ञावालीले उपस्थित सबैलाई स्वागत मन्तव्य गरेकी थिइन् । सदस्य एवं प्रवक्ता विनिता पुरीले संस्थाको उद्देश्यको बारे जानकारी गराएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि माननीय राजभण्डारीले संस्थाको उदेश्य अत्यन्तै राम्रो भएको र आगामी दिनमा यो संस्था पक्कै पनि नमुनाको रुपमा रहने विश्वास व्यक्त गरिन् । उपस्थित अतिथिहरुले संस्था स्थापना गर्नु ठूलो कुरा नभएको तर संस्थालाई चलायमान बनाई राख्न गठिन भएको हुँदा संस्थाको उदेश्य अनुसार काम गर्नु चाहिँ मुख्य कुरा भएको बताएका थिए ।

त्यसैगरी, अतिथि सुरेन्द्र मानन्धरले काम गर्दा सधैं मानब हितमा काम गर्न आग्रह गरे । साथै सचीव अनुपमान राजभण्डारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई मायाको चिनो स्वरुप वातावरण स्वस्थ बोनस भन्ने उदेश्यले विरुवा दिइएको थियो ।

यस सौर्य समाजको विधान अनुसार प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रल्हाद महत, सदस्य टिका प्रसाद घिमिरे र धन थापा मगरको निर्वाचन मण्डलले उम्मेदवारी दर्ता भई आएका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरि सपथ ग्रहण गराएका थिए । निर्वाचित सबैलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रल्हाद महतले माला लगाई बधाई दिएका थिए ।

नव निर्वाचित कार्य समितिहरूमा 
१. अध्यक्ष : रमिला श्रेष्ठ
२. उपाध्यक्ष : शान्ती श्रेष्ठ आचार्य
३. सचिव : अनुपमान राजभण्डारी
४. कोषाध्यक्ष : सुर्य बहादुर अधिकारी
५. सह सचिव : अनुज भण्डारी
६. सह कोषाध्यक्ष : प्रतिमा श्रेष्ठ
७. सदस्य : प्रल्हाद दाहाल
८. सदस्यस् राधा ज्ञावली
९. सदस्य : रमेश श्रेष्ठ
१०. सदस्य : विनिता पुरी
११. सदस्य : रेना शाक्य रहेका छन् ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष एवं एम्नेष्टीका पूर्व अध्यक्ष सुर्य वहादुर अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए भने अध्यक्ष शाक्यले समापन मनतव्य राखी कार्यक्रमको समापन गरेका थिए ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८० भाद्र २८, १४: ०६

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८० भाद्र २८, १४: ०६

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८० भाद्र २८, १४: ०६

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...