कर्णाली प्रदेश अस्पतालमा अपरेसनपछि सुत्केरीको मृत्यु हुँदा अस्पताल तनाबग्रस्त – Naya Bikalpa
September 30, 2023, Saturday

कर्णाली प्रदेश अस्पतालमा अपरेसनपछि सुत्केरीको मृत्यु हुँदा अस्पताल तनाबग्रस्त

सुर्खेत। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको ज्यान गएपछि तनाव उत्पन्न भएको छ। वीरेन्द्रनगर–४ सुर्खेतकी ३० वर्षीया जानकी रेग्मी अधिकारीको सुत्केरी भएको २४ घण्टापछि मृत्यु भएको हो।

सुत्केरी व्यथाले च्यापेपछि अस्पताल भर्ना भएकी जानकीको शल्यक्रिया गरेर बच्चा निकालिएको थियो। जनरल वार्डमा सारेको भोलिपल्ट सुत्केरीको मृत्यु भएपछि पीडित परिवारले अस्पतालको लापरवाहीका कारण ज्यान गएको आरोप लगाएका छन्।

अस्पतालले मृत्युको कारण खुलाएको छैन। एक्कासि सास फेर्न गाह्रो भएपछि आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको र पोष्टमार्टमपछि मात्रै कारण खुल्ने अस्पतालको भनाइ छ।

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० आश्विन १, १६: ०२

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० आश्विन १, १६: ०२

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० आश्विन १, १६: ०२

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...