“नेपाली भाषा र उत्थानका लागि नेपाली साहित्य महासंघ” – Naya Bikalpa
April 16, 2024, Tuesday

“नेपाली भाषा र उत्थानका लागि नेपाली साहित्य महासंघ”

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको संस्था परिचय तथा कविता वाचन कार्यक्रम वरिष्ठ कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा डा. शैलेन्दु प्रकाश नेपालले विशिष्ट अतिथि, डा. युयुत्सु आर डी शर्मा र डा. राधेश्याम ठाकुर अतिथिको रूपमा रही कार्यक्रममा गरिमा प्रदान गर्नुभयो । संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाका उपाध्यक्ष गुप्त बहादुर श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो भने उषा आचार्यले प्रभावकारी रूपमा कार्यक्रम संचालन गर्नुभयो ।
कार्यक्रममा कमला रिसाल ‘ज्योति’, विद्या सापकोटा, महेश प्रसाद रिजाल, बाबुकाजी सिलवाल, संगिता ठाकुर, हरि कार्की, दुर्गा थापा, लक्ष्मी थापा लगायतका कविहरूले आफ्नो रचना वाचन गर्नुभयो । न्यूयोर्कमा बसोवास गर्दै आउनुभएकी कुशल साहित्यकार प्रेमा शाहको असमायिक निधनप्रति दुःख व्यक्त गर्दै चीर आत्मा शान्तिको कामना सहित उहाँले साहित्यमा पु¥याउनुभएको योगदानको सम्मान गरियो ।
विश्वभरिका साहित्यलाई नेपालमा प्रवेश गराउने र नेपाली साहित्यलाई विश्वमा फैलाउनुपर्ने धारणा व्यक्त गर्दै कार्यक्रममा अतिथि युयुत्सु आर डी शर्माले अंग्रेजी भाषाको कविता वाचन गर्नुभयो । कार्यक्रममा नेपाली, अंग्रेजी र हिन्दी भाषाका कविता, गीत, मुक्तक वाचन गरियो । नेपालमा धेरै साहित्यिक संस्था स्थापना भएको तर ती संस्थाले गति लिन नसकेको बताउँदै विश्व नेपाली साहित्य महासंघ त्यो वर्गमा नपर्ने विशिष्ट अतिथि शैलेन्द्र प्रकाश नेपालले व्यक्त गर्नुभयो । नेपाली भाषा र साहित्यलाई उत्थान गर्नको लागि यो संस्था उपयुक्त रहेको बताउँदै प्रमुख अतिथि शैलेन्द्र साकारले संस्थाको सफलताको कामना गर्नुभयो । कार्यक्रममा बोल्दै साकारले पहिलो कार्यक्रमा नै उत्साहपूर्ण सहभागिता हुनु नै संस्थाको सफलता भएको बताउनुभयो । विश्व साहित्यमा नेपाली साहित्यलाई स्थापित गर्ने मूल ध्येय रहेको बताउँदै सभापति मणिराज सिंहले संस्थाको परिचय गराउनुभयो । विश्वका १७ देशमा विश्व नेपाली साहित्य महासंघका शाखा रहेको र यसको अझै प्रभावकारिता बढ्दै गएको जानकारी दिइएको थियो ।

सम्बन्धित समाचार

मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
  • २०७४ पुष १०, ०८: ५४

मुम्बई। चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित...

अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
  • २०७४ पुष १०, ०८: ५४

मुम्बइ । अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा...

नेपाली चलचित्रको बलियो बजार बन्दै
नेपाली चलचित्रको बलियो बजार बन्दै
  • २०७४ पुष १०, ०८: ५४

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि...