काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान ९ बजे आइपीओ बाँडफाँड गरेको हो ।
आइपीओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो । जसमध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ ।
जस अनुसार १ लाख २१ हजार ३ सय ८७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये १ जनाले २१ कित्ता शेयर पाएका छन् भने बाँकिले २० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो।
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागी भएर आज...
काठमाडौ । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ६२ हजार ११७ जना आवदकले १० कित्ताका...
काठमाडौं । आज सुनको मुल्य प्रतितोला १ हजार ४०० रुपैयाँले सस्तिएको छ । आज प्रतितोला सुनको मूल्य १ लाख ९...