काठमाडौँ । उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ। भक्तपुरको सूर्य विनायकदेखि काठमाडौँको लैनचौरसम्म सार्वजनिक सवारी साधनको लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालेको जनाइएको छ ।
भोलिदेखि यो नियम लागु गर्ने गरी सडक विभागले काठमाडौँको सडकमा रङ लगाइरहेको हो। बिहान ९ बजेदेखि ११ बजेसम्म अब सार्वजनिक सवारीले एकतर्फी सडकमा पनि दुवै तर्फबाट गुड्न पाउने भएको छ । उक्त लेन र नियम प्राइभेट नम्बर प्लेटका सवारी साधनलाई लागु नहुने बताइएको छ।
सडक विभागका तर्फबाट केएएम कन्स्ट्रक्सनले दुई दिनभित्र भक्तपुरदेखि लैनचौरसम्म रङ्ग पोतेर सक्ने गरी पाँच वटा मेसिनले धमाधम रङ लगाउने काम भइरहेकाे छ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...