हरितालिका तीजको ब्रतसँगै विष्णुदेवी मन्दिरमा शिव आरती भब्य र सब्य – Naya Bikalpa
September 30, 2023, Saturday

हरितालिका तीजको ब्रतसँगै विष्णुदेवी मन्दिरमा शिव आरती भब्य र सब्य


काठमाडौं । नेपाली महिला दिदीबहिनीहरुको महान चार्ड हरितालिका तीज देश विदेशमा रहने महिलाहरुले विशेष पर्वको रुपमा भव्य र सब्य रुपमा मनाएका छन् । यस अवसरमा देशभरका सबै शिवालय मन्दिरहरुमा नेपाली महिला दिदीबहिनीहरुले रातो,पहेँलो सारी पहिरी सौभाग्यका सामाग्रीहरुले सजिँएर नाचगान तथा स्तुति गर्ने गरेको पाइन्छ ।

नेपाली नेपाली हिन्दुहरुको आस्थाको केन्द्र बनेको पशुपति मन्दिरदेखि देशभरका शिवालय मन्दिरहरुमा नेपाली हिन्दु महिलाहरुले हर्सोउल्लासका साथ नाचगान गर्ने, धार्मिक गीतहरु गाउने,महादेवको स्तुति गाउने गरेको देखियो । नेपाली महिलाहरुले तीजको दिन (भाद्र तृतीया) निराहार ब्रत बसी भगवान शिवको पूजा अर्चना र आराधना गर्नाले सुख,शान्ति र चाहेको मनोकामना पूरा हुने जनविश्वास रहीआएको छ । अविवाहित महिलाहरुले यो ब्रत गर्नाले आफूले रोजे चाहेको बर मिल्ने धार्मिक विश्वास रही आएको छ ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने वरदान पाएको धार्मिक कथन रहीआएको छ । जुन दिन तीज पर्व रहेको हुनाले पार्वतीले आफूले चाहेको वर प्राप्त गरेको जनविश्वास गरिन्छ ।

त्यसैगरी, तीजको अवसरमा अरु दिनभन्दा पशुपति मन्दिरमा महिला दिदीबहिनीहरुको विशेष भीड रहने गर्दछन् । विशेष गरी शिवलायका मन्दिरहरु ललितपुरको सन्तानेश्वर महादेव लगाएत गाउँघरका शिवालय मन्दिरहरुमा महिलाहरुले दिनभर नाचगान गर्ने गर्दछन् ।

जस अनुसार विष्णुदेवी मन्दिरमा विष्णुदेवी संरक्षण तथा सुधार समाजले श्रावण महिनाको पहिलो सोमबारदेखि शिव गंगा आरती सञ्चालन गर्दै आएकोे छ । हरितालिका तीजको दिन असोज महिनाको पहिलो सोमबार परेको हुँदा उक्त क्षेत्रका महिला दिदीबहिनीहरुले विष्णुदेवी मन्दिरमा दिनभर नाचगान गरी बेलुका विधिवत रुपमा शिव आरती गरी नाचगान तथा भजन किर्तन समेतको कार्यक्रम सञ्चालन गरेका थिए ।

यो मन्दिर काठमाडौंको पश्चिम भेगमा रहेको चन्द्रागिरि नगरपालिका वडा नं.१५ मा अवस्थित छ । प्राध्यापक एवंम समाजसेवी गौरी प्रसाद दवाडी अध्यक्ष रहेको विष्णुदेवी संरक्षण तथा समाजले आयोजना गरेको उक्त शिव आरती कार्यक्रममा सह–आयोजक समाजसेवी देवेन्द्र प्रधान र उपप्राध्यापक दीपक प्रसाद ढकाल रहेका थिए ।

त्यसैगरी,आरतीको महत्व र धार्मिक परम्परा अनुसार हिन्दु नारीहरुको तीजको महत्वबारे वाल्मिकी क्याम्पसका प्राध्यापक घनश्याम भण्डारीले प्रकाश पारेका थिए । उक्त आरतीको कार्यक्रम समितिले व्यवस्थापन गरिदिन र जो कोही व्यक्तिले पनि समितिले तोकेको शुल्क तिरी प्रत्येक सोमबार आरती गर्न पाउने व्यवस्था मिलाएको छ । जसअनुसार हरितालिका तीजको दिन सोमबार सोही स्थानका ब्रतालुहरु मध्येबाट आरतीको व्यवस्थापन गरिएको थियो ।

चन्द्रागिरि नगरपालिका अन्तर्गत पर्ने धार्मिक तथा पर्यटकीय स्थल मध्ये विष्णुदेवी मन्दिर पनि निकै प्रतिष्ठित धार्मिक स्थल हो । प्राचीन कालदेखि नै चल्दै आएको सात गाउँले जात्रा पनि यहीबाट सुरु हुने गर्दछ ।

उक्त क्षेत्रका समाजसेवी,वुद्धिजिवी,एवंम हिन्दुहरुले विशेष रुपमा विभिन्न धार्मिक कार्यक्रम गर्दै आएका छन् । सोमबार आयोजित शिव आरतीमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

जसअनुसार थानकोटका प्रहरी प्रमुख एनबी राउत,वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडी, चन्द्रागिरी नगरपालिका १५ वडा अध्यक्ष घनश्याम लुइटेल, ९ नम्बर वडाका पूर्ववडा अध्यक्ष देवेन्द्र महर्जन, चन्द्रागिरि नगरपालिका सामाजिक विकास शाखाका प्रमुख रश्मी श्रेष्ठ, समाजसेवीहरु दयाराम थापा,कविता थापा,रिता ढकाल लगाएत उक्त क्षेत्रका विभिन्न व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा उपस्थित, अतिथि लगाएतलाई अध्यक्ष गौरी प्रसाद दवाडीले खादा तथा रुद्राक्षको माला लगाएर स्वागत गरेका थिए भने समाजसेवी तथा राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय सदस्य देवेन्द्र प्रधान र प्रा.दीपक प्रसाद ढकालले धन्यवाद ज्ञापन गरेका थिए । समाजसेवी दयाराम थापा तथा उनकी धर्मपत्नी कविता थापाले कीर्तनको लागि हार्मोनियम बजा विष्णुदेवी मन्दिर संरक्षण समितिलाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० आश्विन २, १६: ३३

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० आश्विन २, १६: ३३

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० आश्विन २, १६: ३३

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...