भादगाउँ । बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा मध्यपुर थिमिमा लाग्ने जात्रामा मल्लकालीन युद्धको झल्को दिने परम्परा छ ।
तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्धकला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा सम्पन्न हुने गरेको छ ।
दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गर्दै नगरपरिक्रमा गरिन्छ ।
तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुई पोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोलको रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिने चलन छ ।
काठमाडौं। पत्रकार आचार्य कमल रिजालको पौराणिक उपन्यास ‘शकुन्तला ‘प्रकाशनमा आएको छ ।यो उनको पाँचौं उपन्यास हो । यस कृतिको पृष्ठभूमि...
काठमाडौं । नेपाल स्रष्टा समाजले ‘योगमाया राष्ट्रिय स्रष्टा सम्मान -२०८२’ तथा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान- २०८२’ द्धारा क्रमशः...
–उत्तम कार्की हाम्रो यो माया कहिल्यै नछुटोस् पिउँदा पानीमा तिम्रै जुठो होस्…। लक्ष्मण राईको शव्द रचना र उर्गेन दोङको संगीतको...