भादगाउँ । बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा मध्यपुर थिमिमा लाग्ने जात्रामा मल्लकालीन युद्धको झल्को दिने परम्परा छ ।
तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्धकला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा सम्पन्न हुने गरेको छ ।
दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गर्दै नगरपरिक्रमा गरिन्छ ।
तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुई पोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोलको रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिने चलन छ ।
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...
काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ ।२०८२ मंसिर...
१. नेपाली कांग्रेसको गतिशीलताप्रति चासो २०८२साल भदौ २३ र २४गतेको नवयुवाहरुको आह्वानमा भएको जेनजी आन्दोलनप्रति विभिन्न तरिकाले व्याख्या गर्ने काम...