बैशाखमा आउँदै ‘हिरो रिटर्न्स’ – Naya Bikalpa
March 29, 2024, Friday

बैशाखमा आउँदै ‘हिरो रिटर्न्स’

काठमाडौं : चलचित्र ’हिरो रिटर्न्स’को रिलिज डट घोषणा भएको छ । निर्माण टिमले यो चलचित्रको नयाँ बर्ष २०७५ को २८ बैशाखबाट यो चलचित्रलाई दर्शकमाझ ल्याउने भएको छ ।
निर्माता समेत रहेका लिड अभिनेता सविन श्रेष्ठले समाचारको पुष्टी गरेका छन् । यो चलचित्रमा सविनसँगै रेखा थापा, दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायत लिड अभिनयमा छन् ।

’हिरो’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गर्दै स्टार अभिनेत्रीको ट्याग पाएकी रेखा यो चलचित्र रिलिज हुँदा आफ्नै डेब्यू चलचित्रको ब्राण्डलाई जिवित राख्ने कोशिशमा हुनेछिन् । अभिनेता तथा निर्माता सविनले यसअघि नै चलचित्रको सम्पुर्ण काम सकिएको कुरालाई सत्य भन्दै त्यसमा पनि केहि कुराहरु चित्तबुझ्दो ननिस्केको र ’रि सुट’को आवश्यकता देखिएपछि रिलिजमा केहि अन्तर देखिएको बताए । उनका अनुसार चलचित्रमा समवेश केहि दृश्यहरु पुनः छायाँकन गरिएको छ ।
कमेडी एक्सन जनरा भनिएको चलचित्रमा शिवम अधिकारीको कथा छ भने मदनकाश्यप घिमिरेले क्यामेरा चलाएका छन् । दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहनेछ । चन्द्र गौतम यो चलचित्रमा कार्यकारी निर्माता हुन् । सविन चलचित्रस् को ब्यानरमा बनेको चलचित्र ’हिरो रिटर्न्स’मा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् । चलचित्रलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।
यसैबीच नेपाल रिलिज पुर्व चलचित्रको कतार, अष्ट्रेलिया सँगसँगै लण्डन प्रिमियर हुने भएको छ । चलचित्रको कतारमा हुने प्रिमियरको जिम्मा विष्णु कार्कीले लिएका छन् भने भिम न्यौपानेको व्यवस्थापनमा अष्ट्रेलिया प्रिमियर हुनेछ । लण्डन सहितका सबै ठाउँमा आउँदो फेब्रुअरीमा चलचित्र स्कृनिङ हुने सविनले बताए । ’हिरो’ चल्दाको समयदेखि अहिलेसम्म नेपाली चलचित्र हेर्दै आउनुभएका सबै दर्शक लक्षित चलचित्र बनाउने हाम्रो लक्ष्य हो त्यसैले उत्कृष्टमा पनि उत्कृष्टता खोज्न केहि दृश्यको लागी पुनः छायाँकनमा गएका हौँ’ सविनले भने । चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।

सम्बन्धित समाचार

मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
  • २०७४ पुष १७, ०९: ०५

मुम्बई। चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित...

अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
  • २०७४ पुष १७, ०९: ०५

मुम्बइ । अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा...

नेपाली चलचित्रको बलियो बजार बन्दै
नेपाली चलचित्रको बलियो बजार बन्दै
  • २०७४ पुष १७, ०९: ०५

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि...