मन्त्रालयले दक्षिण कोरिया पठाउनका लागि हालसम्म एकमात्र संस्था रोजगार अनुमति प्रणाली ‘ईपीएस’ रहेको तर्क – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

मन्त्रालयले दक्षिण कोरिया पठाउनका लागि हालसम्म एकमात्र संस्था रोजगार अनुमति प्रणाली ‘ईपीएस’ रहेको तर्क

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियासँग धमाधम मौसमी कामदार पठाउने सम्झौता गर्ने स्थानीय तहलाई आफ्नो अधिकारभन्दा बाहिर नजान समेत सचेत गराएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानीय तहले दक्षिण कोरियामा कामदार पठाउनका लागि समझदारी गर्ने र कामदार पठाउँदा सेवा शुल्कसमेत उठाउने गरेको भन्ने समाचार आएपछि अधिकार क्षेत्रभन्दा बाहिर नजान सचेत गराएको हो ।

मन्त्रालयले दक्षिण कोरिया पठाउनका लागि हालसम्म एकमात्र संस्था रोजगार अनुमति प्रणाली ‘ईपीएस’ रहेको र स्थानीय तहहरुलाई पत्राचार भएअनुरुप आफ्नो क्षेत्राधिकारभन्दा बाहिर नजान ध्यानाकर्षण गराएको छ ।

संविधान अनुसार वैदेशिक रोजगार व्यवस्थापन संघीय सरकारको क्षेत्राधिकार रहेको भन्दै मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४, नियमावली, २०६४ ले गरेको प्रावधान अनुसार वैदेशिक रोजगारीमा जान अनिवार्य रुपमा नेपाल सरकारबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था भएको, मौसमी कामदारको सम्बन्धमा ‘मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९’ जारी गरिएको र दक्षिण कोरिया पठाउनका लागि जिम्मेवार संस्था हालसम्म रोजगार अनुमति प्रणाली मात्र रहेको जनाएको छ ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०८० माघ ३, १४: १५

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०८० माघ ३, १४: १५

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०८० माघ ३, १४: १५

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...