स्वदेशी औषधि उत्पादकलाई सहुलियत ः स्वास्थ्य मन्त्री – Naya Bikalpa
February 6, 2025, Thursday

स्वदेशी औषधि उत्पादकलाई सहुलियत ः स्वास्थ्य मन्त्री

काठमाडौं– सरकारले औषधिमा आत्मनिर्भर हुन स्वदेशी औषधि उत्पादकलाई सहुलियत दिने तयारी गरेको छ । औषधिमा भइरहेको आयातलाई विस्थापन गर्दै ब्यापार घाटा कम गर्न सहुलियत दिने सरकारले तयारी गरेको छ । स्वास्थ्यमन्त्री दीपक बोहराले आईसीयु तथा मुटु बिरामीलाई चाहिने औषधि र औषधिजन्य पदार्थ उत्पादन गर्नेलाई सरकारी सुविधा दिने जानकारी दिए । ‘नेपाली औषधि उत्पादकलाई सरकारले सहुलियत दिने भनिसकेको छ,’ औषधि व्यवसायी संघ बागमतीको साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘तर गुणस्तरीयतामा कम्प्रोमाइज गर्न पाउनुहुन्न ।’

मन्त्री बोहराले स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन दिंदै नेपाली औषधिलाई सर्वसुलभ बनाइने बताए । ‘कतिपय नीतिगत कुराहरु हामीले गरिरहेका छौं,’ उनको भनाइ थियो, ‘आगामी सरकारले त्यसलाई भत्काउन सक्दैन ।’ मन्त्री बोहराले मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक ५ हजार रुपैयाँका दरले दिने भनिएको जिविकोपार्जन भत्ता सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमबाटै पुग्ने दाबी गरे । ‘कार्यविधिमै सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमको छुट्टै कोष खडा गर्ने भनिएको उनले बताए । नेपालमा करिव १८ हजार बिरामी मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीबाट पीडित रहेको तथ्यांक छ ।
नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले सरकारले सहयोगी भए औषधि धेरै सस्तो गर्न सकिने धारणा राखे । उनले भने, ‘औषधि सस्तो गर्न नारामात्रै होइन, सरकार र व्यवसायीबीच समझदारीको वातावरण हुनुपर्छ ।’ औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालले नेपाल औषधिमा ४० प्रतिशतमात्रै आत्मनिर्भर रहेको बताउँदै नेपाली औषधिहरुको गुणस्तरीयतामा कसैले प्रश्न उठाउन नसक्ने दाबी गरे । औषधि व्यवसायी संघ बागमतीका अध्यक्ष निरञ्जनप्रसाद रिसालले आत्मनिर्भरताका नाममा गुणस्तरीयता र मूल्यमा भने सम्झौता गर्न नहुने बताए ।

सम्बन्धित समाचार

सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
  • २०७४ पुष १७, ०९: ४१

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...

कोशी प्रदेशको ऊर्जा र सिंचाइ विकासमा सांसदहरूको सुझाव
कोशी प्रदेशको ऊर्जा र सिंचाइ विकासमा सांसदहरूको सुझाव
  • २०७४ पुष १७, ०९: ४१

काठमाडौँ  | ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्।...

प्रचण्डको सरकारलाई प्रश्न– सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?
प्रचण्डको सरकारलाई प्रश्न– सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?
  • २०७४ पुष १७, ०९: ४१

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै...