भारतद्धारा ३० हजारको परिक्षण गर्न पिसिआर टेस्ट कीट नेपाललाई प्रदान – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

भारतद्धारा ३० हजारको परिक्षण गर्न पिसिआर टेस्ट कीट नेपाललाई प्रदान

काठमाडौं । मित्रराष्ट्र भारत सरकारले नेपाललाई ३० हजार व्यक्तिको परिक्षण गर्न सक्ने क्षमताको कोभिड १९ पिसिआर टेष्ट किट आइतबार प्रदान गरेको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारका स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकाललाई माईल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु प्रदान गरेका हुन् ।
भारतीय जनताकातर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको सो टेस्ट कीटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले ३० हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्नेछन् ।
गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गरेका थिए । औषधी र परीक्षण कीटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौती विरुद्घ सामना गर्न र एकसाथ लड्न दुई देशका नेता एवम् जनताबीचको सहकार्यलार्ई देखाएको भारतीय दूतावासले जनाएको छ ।
२०७६ चैत्र २ मा भारतका प्रधानमन्त्रीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसँगै यी पहलकदमीको सुरुवात भएको र भारत सरकार यस चुनौतीको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाएको राजदूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
  • २०७७ जेष्ठ ४, १५: २८

काठमाडौं । आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस ।  नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ । मानव...

तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
  • २०७७ जेष्ठ ४, १५: २८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयलाई तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय...

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत
  • २०७७ जेष्ठ ४, १५: २८

काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । जेनेभामा जारी संगठनको ७८औं महासभाका क्रममा नेपाल...