त्रिवि पत्रकारिता विभागको ‘सुविधासम्पन्न’ भवन उद्घाटन – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

त्रिवि पत्रकारिता विभागको ‘सुविधासम्पन्न’ भवन उद्घाटन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगतको पत्रकारिता तथा आमसञ्चार विभागको नवनिर्मित सुविधासम्पन्न पाँच तले भवनको विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुषालले बुधबार उद्घाटन गरेका छन् ।

राजधानीको बल्खुस्थित नवनिर्मित नयाँ भवनमा सुविधासम्पन्न कक्षाकोठा, पुस्तकालय, ईपुस्तकालय, प्राध्यापक कक्ष, रेडियो र टेलिभिजन स्टुडियो, मल्टिमिडिया कक्ष, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवास, सोलार र जेनेरेटरबाट पावर व्याकअप, पानी ट्रिटमेन्ट प्लान्ट, पर्याप्त पार्किङदेखि लिफ्टसम्मका पूर्वाधार रहेका छन् ।

भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले २१ करोड ५९ लाखको लागतमा निर्माण गरेको सो पाँच तले भवनको डिजाइन त्रिविको पुल्चोक इन्जिनियरिङ क्याम्पसको इन्जिनियरिङ कन्सल्टेन्सी सेवाले गरेको हो ।

त्रिविले २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि र २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन गराउँदै आएको थियो ।

प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वामित्वमा रहेको कार्यालय भवन र संरचना प्रयोग गर्दै आएको विभाग बुधबारदेखि नै विधिवत रुपमा बल्खुमा सरेको छ ।

अब आरआरमा स्नातक तहको मात्र अध्यापन हुन्छ । विभागमा स्नातकोत्तर तह , दर्शनाचार्य र विद्यावारिधीको अध्यापन हुने छ ।

२०७६ माघ २२ मा शिलान्याश भएको सो भवन निर्माण सम्पन्न भएसँगै लामो सयमसम्म प्रदर्शनीमार्गस्थित आरआरबाट सञ्चालित केन्द्रीय विभागको सबै कार्यक्रमहरु नयाँ भवनबाट सुरु हुने भएका छन् ।

नवनिर्मित भवन उद्घाटनपछि बोल्दै निमित्त उपकुलपति भुसालले पत्रकारिता तथा आमसञ्चार अध्ययनलाई अझ गुणस्तरीय र उत्कृष्ट बनाउन आवश्यक पूर्वाधार सहितको भवनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको सुविधासम्पन्न संरचना बनेसँगै विभागलाई चुनौति पनि थपिएको बताए । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको स्तरवृद्धिका लागि विश्वविद्यालयले सहयोग गर्ने प्रतिवद्धता उनले जनाए ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.चिरञ्जीवी खनालले आरआर क्याम्पस परिसरमा विभागको पहलमा भवन निर्माण भए पनि सीमित स्रोत साधनबीच पनि गुणस्तरीय पत्रकारिता शिक्षा दिँदै आएकोमा अब नयाँ कार्यालय भवनबाट अझ सहज हुने बताए ।

प्राध्यापक खनालले भवन निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै पत्रकारिता अध्ययन समयानुकूल परिष्कृत, उत्कृष्ठ र आकर्षक बनाउने दाबी गरे ।

२०३३ देखि त्रिविले आर क्याम्पसमा पहिलो पटक प्रविणता प्रमाणपत्र तहबाट पत्रकारिता शिक्षा शुभारम्भ गरेको थियो ।

भवन निर्माण समितिका संयोजक उपप्राध्यापक डा. देवराज अर्यालले सबैको सहयोगका कारण भवन निर्माण तोकिएकै समयमा सम्पन्न भएको बताए ।

आरआरका निवर्तमान स्ववियु सभापति तपेन्द्रजंग शाहीले विभाग आफ्नै घरमा सर्दा आफू खुसी भए पनि आरआरसँग ’छुट्टिएको’ देख्दा दुःख लागेको बताए ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८० फाल्गुन २, २३: ०६

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८० फाल्गुन २, २३: ०६

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८० फाल्गुन २, २३: ०६

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...