काठमाडौं । भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सोमबार निधन भएको छ। ललितपुर भैंसेपाटीस्थि मेडिसिटी अस्पतालमा उनको निधन भएको हो।
आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो। बिगत लामो समयदेखि विमारी भएका आचार्यले झण्डै चार सय गीतमा स्वर तथा संगीत दिएका छन्। स्वरसम्राट नारायणगोपालका समकालीन गायक आचार्यको जन्म विसं १९९९ मा धनकुटामा भएको थियो ।
नेपाली सुगम संगीतमा विशिष्ट योगदान दिएका आचार्यका मुटु जलिरहेछ.., जति चोट दिन्छौ देउ मायालु …, जहाँ छन् बुद्धका आँखा …, हजार सपनाहरुको.. हजार आँखा हेर्ने… लगायत गीत लोकप्रिय छन् ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ।
काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । सुरक्षा उपकरण...
काठमाडौं : ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका २ नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् । दलालको प्रलोभनमा...
काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...